२९ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किन्न चाहनुहुन्छ ? तपाईसँग दुई दिन मात्र छ

काठमाण्डौं । सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १०ः८ को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको छ । हकप्रद प्रयोजनका लागि कम्पनीले मंसिर २४ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ ।

यस फाइनान्सको दश कित्ता सेयर हुनेले आठ कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निस्काशन गर्न लागेको हो । यस हकप्रद सेयरको लागि सेयरधनीले पुस ११ देखि माघ १७ गतेसम्म आवेदन गर्नुपर्नेछ ।

हाल फाइनान्सको ३६ करोड ९२ लाख रुपैया चुक्ता पुँजी रहेको छ । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । सेयरधनीले एनआईबीएल क्यापिटल मार्केट्स र सगरमाथा फाइनान्सका शाखा कार्यलयहरुबाट हकप्रद सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।

२३ मंसिर २०७३, ११।००

२०७३ मंशिर २३ गते १८:१७ मा प्रकाशित

You can share this post!

कति छ प्रधानमन्त्रीको सम्पत्ति ? ४ महिनासम्म पनि सार्वजनिक भएन

तपाईसँग विकास बैंकको सेयर छ ? १२० प्रतिशत हकप्रद खुल्यो है

Related posts