काठमाण्डौँ । सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंकले पाएकोछ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले नेपाल इन्भेष्टमेण्ट बैंकलाई यो बर्षको सर्बोत्कृष्ठ नेपाली बैंक घोषणा गरेको हो ।
यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो। आज बिहिबार बिहान लन्डनमा आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले अवार्ड लिएका छन् ।
पत्रिका विगत १७ वर्षदेखि यस्तो अवार्ड दिँदै आएकोछ । यस बर्ष १४९ मुलुकका बैंकलाई यो अवार्ड दिइएको छ । हरेक देशका बाणिज्य बैंक मध्ये सर्वोत्कृष्ठ वित्तिय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेव साइटमा उल्लेख छ।
२३ मंसिर २०७३, ४।००
वि.सं.२०७३ मंसिर २३ बिहीवार २१:५८ मा प्रकाशित