back
NMB ad

अमेरिकी राष्ट्रपतिय निवार्चनमा ट्रम्पभन्दा हिलारी क्लिन्टन अगाडि देखिईन् !

Kumari bank ad

गतः ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई बुझाइएका छन् ।

सो निर्वाचनमा कुन उम्मेदवारको खर्च बढी थियो भन्ने सम्बन्धमा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक पार्टीकी प्रत्यासी उम्मेदबार हिलारी क्लिन्टनले उछिनेकी छिन् ।

आयोगलाई बुझाइएको पछिल्लो प्रतिवेदनअनुसार २० अक्टोबरदेखि २८ नोभेम्बरका दिनसम्म भएका आयव्यय विवरणमा हिलारी क्लिन्टनको तुलनामा डोनाल्ड ट्रम्पको खर्च निकै कम रहेको जानकारी भएको छ ।

निर्वाचनको दिनसम्म हिलारी क्लिन्टनले लगभग तेह्रकरोड बीसलाख (एकसय बत्तीस मिलियन) अमेरिकी डलर सिध्याएकी छिन् भने डोनाल्ड ट्रम्पको खर्च करिब नौ करोड चालीस लाख (चौरान्नब्बे मिलियन) अमेरिकी डलर मात्र रहेको खुलासा भएको छ ।

त्यसैगरी, राष्ट्रपतीय निर्वाचनका लागि प्राथमिक प्रक्रिया र मतदान सम्बन्धि खास चहलपहल शुरु भएदेखि अन्तिम समयसम्ममा बिभिन्न साङगीतिक तथा मनोरन्जनात्मक र चन्दा सङकलन कार्यक्रमहरु सञ्चालन गरी क्लिन्टनका प्रचारप्रसार अभियान शिविरहरुले कूल अन्ठाउन्न करोड दसलाख अमेरिकी डलर बटुलेका थिए ।

त्यस्तै, ट्रम्पका शिविरहरुले चौंतीस करोड अमेरिकी डलर बटुलेकामा छ करोड साठी लाख अमेरिकी डलर रकम त ट्रम्पले आफ्नै खल्तीबाट चन्दा दिएका थिए ।

निकै तामझामका साथ साङगीतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरी क्लिन्टनको प्रचार,प्रसार अभियान निकै लामो समयसम्म चलेको र पैसा पनि बढी नै उठेको थियो ।

तत्कालिन समयमा, राष्ट्रपति ट्रम्पले निर्वाचन आयब्ययको हिसाब किताब कम्युटर प्रणालीमा राख्न एकजना लेखा निर्देशक (डिजिटल डाइरेक्टर) मा ब्राड पास्र्केललाई नियुक्त गरी के केमा कति कति खर्च गर्ने हो सबै निर्णय लिन जिम्मेवारी समेत सुम्पेका थिए ।

प्रकाशित मितिः २०७३ मंसिर २२

वि.सं.२०७३ मंसिर २४ शुक्रवार २१:५६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...