back
NMB ad

सेयर बजारमा तीन अर्ब बढीको कारोबार

Kumari bank ad

काठमाडौ । यो साता बजारमा रु तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिदबिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १५४ कम्पनीको सेयर कारोबार भएको हो । गत साता १५२ कम्पनीको रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयर खरिदबिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ५४४ दशमलव ६८ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव ३७ अङ्कले घटेर ३३४ दशमलव ४३ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु ३५ करोड ४४ लाख ७० हजार बराबरको कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको तीन लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएको स्टकले जनाएको छ ।

यस्तै स्टकमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारणतर्फ दश लाख कित्ता, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ४५ हजार वोनस, मालिका विकास बैंकको सात लाख ६ हजार ८३५ वोनस, सिद्धार्थ फाइनान्स लिमिटेडको तीन लाख ५५ हजार ९५० कित्ता वोनस, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ लाख ५५ हजार हकप्रद र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको दश लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २५

वि.सं.२०७३ मंसिर २५ शनिवार २३:१५ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...