पन्ध्र सय सेयर सदस्य भएको संस्थालाई बचाउन सरकारले दिने भो ३० करोड !

काठमाण्डौं  । सरकारले आर्थिक रुपमा जर्जर भएको साझा प्रकाशन बचाउन ३० करोड  दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी  ३० करोड प्रदान गर्ने निर्णय गरेको हो ।

करिब एक हजार ५०० स्रष्टा सेयर सदस्य रहेको साझा प्रकाशनका कर्मचारीले विगत छ महिनादेखिको तलब नपाएको गुनासो गर्दै आएका छन् । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही वर्षयता खोसिनुका साथै अपारदर्शीताका कारण संस्था घाटामा गएको थियो ।

सञ्चालक समितिका साथै राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत स्रष्टाले प्रधानमन्त्री, शीर्ष नेता र सम्बन्धित निकायमा लामो समयदेखि संस्था बचाइदिन आग्रह गरेका थिए  ।

२७ मंसिर २०७३, ११।००

२०७३ मंशिर २७ गते १७:१२ मा प्रकाशित

You can share this post!

कतै तपाईले बिर्सनु त भएन ? ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन हो

दश लाख कित्ता साधारण सेयर सूचिकृत गरेको कम्पनीको आजबाट सेयर कारोबार सुरु !

Related posts