back
NMB ad

आईएलओले भन्यो नेपालका मजदुर संगठनबाट अन्तर्राष्ट्रियस्तरमा पाठ सिक्नुपर्छ

Kumari bank ad

काठमाडौ । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका महानिर्देशक गाई राईडरले आगामि दिनमा नेपालका ट्रेड युनियनहरुको छाता संस्था जेटीयुसीसीसँग अन्तर्राष्ट्रियस्तरमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । नेपालका १० वटा ट्रेड युनियन महाँसंघको छाता संस्था संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियुसीसी)को श्रम संसद बैठकको उद्घाटन गर्दै राईडरले आईएलओलाई साथीका रुपमा सहकार्य गर्न आग्रह गरे । उनले नेपाली मजदुर संगठनहरु मिलेर संयुक्त रुपमा अगाडि बढ्नु सह्राहनीय कार्य भएको भन्दै अन्तर्राष्ट्रियस्तरमा अरुले नेपालबाट पाठ सिक्नुपर्ने बताए । दिगो विकास र भावी सन्ततीका लागि मिलेर काम गर्न उनले समन्वय केन्द्रसँग आग्रह गरे ।

कार्यक्रममा जेटीयुसीसीका अध्यक्ष खिलानाथ दाहालले सरकारले ल्याएको श्रमिकबिरोधी कानुनको बिरोध गर्दै सबै मजदुर संगठनले यसको बिरोध गर्नुपर्ने बताए । बिबिधतामा एकता भन्ने नारासहित आफुहरु अगाडि बढिरहेको उल्लेख गर्दै उनले मजदुर श्रमिकका पक्षमा संधै एकताबद्ध भएर लागिपर्ने बताए ।

यस्तै जेटीयुसीसीका संस्थापक अध्यक्ष विष्णु रिमालले श्रमशक्ति विशेष शक्ति भनेर राज्यले बुझ्नुपर्ने भन्दै राज्यले आईएलओ अभिसन्धी नाघेर गरिएका कार्यहरुका विषयमा आफुहरुले आईएलओमा मुद्धा दायर गर्ने बताए । औधोगिक व्यवसाय ऐन झेली खेल खेलेर ल्याईएको आरोप लगाउँदै उनले सामाजिक सुरक्षा, सामाजीक बीमाका कार्यक्रममा आईएलओसँग प्राबिधिक सहयोग लिने बताए । संयुक्त ट्रेड युनियन केन्द्रकै माध्यमबाट आफुहरुले राज्यलाई एक ढिक्का बनाउन लागिपरेको पनि उनको भनाई थियो ।

कार्यक्रममा जेटीयुसीसीका आगामि अध्यक्ष शालिकराम जम्कटेलले श्रमिकका सामाजिक सुरक्षाका विषयलाई विशेष महत्वमा राख्नुपर्ने भन्दै राजनीतिक विकाससँगे आर्थिक विकास र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अहिले मजदुरका अधिकारका पक्षमा आवाज बुलन्द पार्दै जानुपर्ने र यसमा सबैको साथ रहने उनको भनाई थियो ।

बैठकले आगामि एकवर्षे कार्यकालका लागि शालिकराम जम्कटेललाई जेटीयुसीसीको अध्यक्षमा चयन गरेको छ । जेटीयुसीसीका अध्यक्ष खिलानाथ दाहालले लोगो हस्तान्तरण गर्दै जम्कटेललाई आगामि कार्यकालको अध्यक्ष घोषणा गरेका हुन् । आगामि जनावरी देखि नवनिर्वाचित अध्यक्ष जम्कटेलले कार्य सम्हाल्नेछन् ।

प्रकाशित मितिः २०७३ मंसिर २९

वि.सं.२०७३ मंसिर २९ बुधवार २२:०९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...