काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबारबाट आरएसडिसी लघुवित्तको कारोबार खुलेको छ । कम्पनीले गत साता मात्र नेप्सेमा दश लाख कित्ता सेयर सूचिकृत गराएको थियो ।
कम्पनीको आरएसडिसी कोडबाट नेप्सेमा कारोबार हुनेछ । नेप्सेले लघुवित्तको शुरु कारोबार मुल्य १ सय ११ रुपैयाँदेखि ३ सय ३४ रुपैयाँसम्म निर्धारण गरेको छ । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १० करोड रुपैयाँ रहेको छ ।
३० मंसिर २०७३, ११।३०
वि.सं.२०७३ मंसिर ३० बिहीवार १७:४७ मा प्रकाशित