back
NMB ad

अब थाइल्याण्ड घुम्न भिसा निःशुल्क

Kumari bank ad

काठमाण्डौं । थाइल्याण्ड घुम्न जाने पर्यटकहरुले भिसा शुल्क तिर्नु नपर्ने भएको छ। ३ महिनासम्म पर्यटकहरुलाई निशुल्क भिसा उपलब्ध गराउने थाइ सरकारको निर्णय अनुसार थाइल्याण्ड घुम्न जाने नेपालीहरुसँग कुनै शुल्क नलिने नेपालस्थित थाइ दूतावासले जनाएको छ।

नयाँ राजाले राज्यारोहण गरेको अवसरमा थाइ सरकारले थाइल्याण्ड घुम्न आउने पर्यटकलाई सित्तैमा भिसा दिने निर्णय गरेको हो। आगामी फागुन १७ गतेसम्म थाइल्याण्ड जाने पर्यटकहरुले भिसा शुल्क तिर्नु पर्दैन। त्यसपछि भने शुल्क बुझाएर भिसा लिनुपर्छ।

भिसा शुल्क वापतले थाइ राजदूतावासले ३ हजार ५ सय लिदैँ आएको थियो। पर्यटकिय गन्तब्य थाइल्याण्ड पछिल्लो समय नेपालीहरुको घुम्ने स्थल बनेको छ । एक महिनामा ३ हजारभन्दा बढी नेपालीहरु थाइल्याण्ड घुम्न जान्छन्।

पछिल्लो समय प्याकेजमा नै टुरको ब्यवस्था ट्राभल्स एण्ड टुर्स कम्पनीहरुले मिलाएका छन्। ४५ हजारदेखि ६५ हजारसम्म उनीहरुले प्याकेज ल्याएका छन्। थाइ सरकारले भिसा शुल्क नलिएपनि ट्राभल्स एण्ड टुर्स कम्पनीहरुले भने घुम्न जानेहरुसँग रकम लिइरहेका छन् । उनीहरुले प्याकेजमा समावेश भएको भिसा शुल्क हटाएका छैनन्।

१ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १ शुक्रवार १७:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...