back
NMB ad

उनी भन्थिन् ‘म पुरुषबाट महिला बनेकी मोडल हुँ, नयाँ इतिहास रच्न चाहन्छु’

Kumari bank ad

एउटा अन्तरवार्तामा उनले भनेकी थिइन् ‘मेरो मुख्य लक्ष्य सुपर मोडल बन्ने हो । मोडलिङमा जुन उचाइ बनाउँदैछु, त्यसलाई सबैले स्वीकार गरे भने म अझै माथि जान्छु भन्ने लाग्छ ।’ साँच्चै आज अञ्जली लामा भारतकै सुप्रसिद्ध ल्याक्मे फेशन विक २०१७ मा टप फाइभमा पुग्न सफल भएकी छिन् ।

अञ्जली लामा नेपालकै पहिलो ट्रान्सजेण्डर मोडल हुन् । अग्लो कद, खिरिलो शरीर र सुन्दर अनुहार भएकी उनी पुरुषबाट महिला बनेकी हुन् भन्ने कुरा कमैलाई पत्यार लाग्छ । नेपालको मोडलिङको दुनियाँमा आफ्नो नाम बनाइसकेकी अञ्जलीको सपना सुपर मोडल बन्ने थियो । अहिले यही सपना साकार गर्दै उनी भारतको ल्याक्मे फेशन विकमा पुगेकी छिन् । उत्कृष्ट पाँचमा सेलेक्ट भइसकेकी छन् । तीनवटा राउण्डबाट सयौं जनालाई पछि पार्दै अञ्जली टप फाइभमा पुगेकी हुन् । ल्याक्मे फेशन विक त्यस्तो प्ल्याटफर्म हो जहाँबाट दीपिका पादुकोण र कट्रिना केफ जस्ता मोडलहरुले आफ्नो भविष्यको गोरेटो कोरेका थिए ।

anjali lama

नेपालमा हुँदा नै विभिन्न फेशन विक, ¥याम्प र विभिन्न पत्रिकाको कभरमा देखिइसकेकी उनीमाथि दुई वर्ष अघि अञ्जली भन्ने डकुमेन्ट्री पनि बनिसकेको छ । उनी आफ्नो सफलताको श्रेय नील हिरा समाजलाई दिन्छिन् ।

पढौं उनी कसरी एउटा केटाबाट केटी बनिन् । २०६४ सालको दसैंमा नवीन लामा नुवाकोटको दुगर्म गाउँ काउलेबाट काठमाडौं झर्दैथिए । पातलो ज्यानका नवीन मनभरि पीडा र अनिश्चित भविष्य बोकेर घरबाट हिँडेका थिए । काठमाडौंमा उनको कुनै सहारा थिएन । बुवाले टीका लगाउँदा चाँडै बुहारी भित्र्याउनु भनेर आशीर्वाद दिएका थिए । उनी त्यसो गर्न सक्दैनथे भने खास कुरा बताउन पनि असमर्थ थिए ।

दुई वर्षपछि उनी घर फर्किए । फर्कंदा उनी पहिलेजस्तो सर्ट-पाइन्टमा थिएनन्, कुर्ता-सलवारमा थिए । उनको नाम परिवर्तन भैसकेको थियो । नाम र शरीरसमेत परिवर्तन भएको उक्त दृश्य गाउँलेहरूका लागि अपत्यारिलो र अविश्वसनीय मात्र थिएन, आपत्तिजनक पनि थियो । कतिसम्म भने उनका बुवाले घरमा आएकी युवती नवीन नै हुन कि होइनन् भनेर चियोसमेत गर्नुपरेको थियो । दुई वर्षअघि नवीनको पातलो ज्यानमा उन्नत वक्ष पलाएका थिए । ब्यागमा सौन्दर्य प्रसाधनहरू थिए । सोचविचार सबै परिवर्तन भएका थिए । ‘अचम्मै भयो, कलियुग प्रस्टै देखियो ।’ आत्तिएका बुवाले गाउँलेहरूका बीच भनेका थिए, ‘मेरो छोरो सग्लै काठमाडौं गएको थियो, फकर्ंदा छोरी पो भएछ । काठमाडौंले मेरो छोरो निल्यो, छोरी बनाएर पठायो ।’

त्यति बेला पनि काठमाडौंमा संविधानसभाको तातो बहस चलिरहेको थियो । यस्तो वातावरणमा १९ वर्षीय नवीन अञ्जलीमा परिवर्तन भैरहेका थिए । चुपचाप एउटा क्रान्ति भैसकेको थियो ।

खासमा अञ्जली लामा एउटी मोडल हुन् । ५ फिट ८ इन्च अग्लो तर खिरिलो उनको ज्यानमा दर्जनौं फेसन डिजाइनरका पहिरन सजिएका छन् । उनी केही म्युजिक भिडियोमा समेत नाचिसकेकी छिन् । यत्ति मात्र उनको सपना होइन, अञ्जली अझ माथि जान चाहन्छिन् । ‘म सुपर मोडल बन्न चाहन्छु । नयाँ इतिहास रच्न चाहन्छु ।’ अञ्जलीले भनिन्, ‘म नेपालको पहिले ट्रान्सजेन्डर मोडल हुँ । यो तथ्यलाई अझै विस्तार गरेर विदेशसम्म पुर्‍याउन चाहन्छु ।’

अञ्जली जन्मदा उनकी आमा नराम्रोसँग रोएकी थिइन् । तामाङ समुदायमा छोरी जन्मदा ठूलो खुसीयाली मनाइन्छ । छोरी जन्मनु लच्छिन मात्र होइन, पैसाको आगमन हुन्छ भन्ने विश्वास छ । उनकी आमालाई पनि उक्त कुरामा विश्वास थियो । यसअघि उनले छोरीको कामना गर्दागर्दै ४ छोरा जन्माइसकेकी थिइन् । जतिपटक अब छोरी जन्मन्छे भन्ने विश्वासमा गर्भधारण गर्थिन्, जन्मपछि उनी छोरी नजन्मिएकोमा रुन्थिन् । अञ्जली जन्मदा उनले धेरै भाकल गरेकी थिइन्, छिमेकीसँग यही विषयमा बाजीसमेत परेको थियो, तर जन्मदा अञ्जली पनि छोरै भएर जन्मिइन् ।

शरीरमा छोराको अंग भए पनि उनको स्वभाव छोरीकै जस्तो थियो । उनी आमालाई घरधन्धामा सघाउँथिन् । ठूलो हुँदै गएपछि बुवाले उनलाई हलो जोत्न पठाउँथे, उनी भागेर घरभित्र छिर्थिन् । ‘हलो जोत्न आँट नै नआउने, भागौं-भागौं लाग्थ्यो,’ नारी स्वभावको प्रारम्भिक कुरा सम्झँदै अञ्जली भन्छिन्, ‘म कसरी गरी खान्छु होला भनेर चिन्ता लाग्थ्यो । त्यसमाथि तैंले कसरी स्वास्नी पाल्छस् भनेर बुवाले गाली गर्दा यो संसार मेरा लागि होइन भन्ने लाग्थ्यो ।’ गाउँले साथीहरूले उनलाई तेरो स्वभाव त छोरीको जस्तै छ भनेर जिस्क्याउँथे । छोरीजस्तो भन्दा उनलाई भने खुसी लाग्थ्यो ।

यस्तै द्वन्द्वमा उनले गाउँबाट एसएलसी उत्तीर्ण गरिन् । पढ्न काठमाडौं आएपछि पो थाहा भयो, उनी पुरुष शरीरमा महिलाझैं व्यवहार गर्दा रहेछन् । उनको बोली, हिँडाइ, व्यवहार जे देख्दा पनि मानिसहरू हाँस्थे । आफूले काम गर्ने होटलमा उनलाई विभिन्न किसिमका शब्दले हियाउँथे भने कलेजमा उनी केटासँग बस्ने कि केटीसँग बस्ने अलमलमा पर्थे । अरू साथीभाइ केटीलाई चिठी पठाउँथे, उनी भने आफूसँगै बस्ने केटालाई मन पराउँथिन् ।

‘मलाई के भएको हो, छुट्याउनै सकिनँ । कहिलेकाहीँ त म पागलजस्तै हुन्थें ।’ नवीन हुँदाताकाको घटना सम्झँदै अञ्जली भन्छिन्, ‘अरू केटीसँग डेटिङ गएको कुरा गर्थे, म भने कसैले माया गरेर घुमाएको कल्पना गर्थें ।’

पशुपति क्याम्पसमा आईए सकेर बसेका बेलाको एक साँझ उनले दुई-तीन युवकले महिलाको पहिरन लगाएर हिँडिरहेको देखे । उनलाई अचम्म लाग्यो । सोध्दा थाहा भयो, उनीहरू पनि जन्मले पुरुष तर व्यवहारले महिला रहेछन् । उनीहरूको समूह पनि छ र त्यसलाई एउटा संस्थाले सहयोग गर्छ भन्ने जानकारी पनि उनले पाइन् । उनीहरूले ब्लु डाइमन्ड सोसाइटीमा भेट्ने समय पनि दिए । ‘त्यो दिन जीवनले अर्कै मोड लियो । मैले पनि इच्छाअनुसारको जीवन बाँच्छु भनेर संकल्प गरें ।’

त्यसयता उनी बदलिएकी छिन् । आईएको परीक्षा दिँदासम्म उनी पुरुष थिइन्, त्यसपछि महिला हुने दृढ संकल्प लिइन् । दुई वर्षपछि घर जाँदा उनी साँच्चैकी युवती भएर फर्किन् । गाउँलेहरूका लागि उनी कथा बनिन् । दस गाउँका मानिस उनलाई हेर्न आए । उनको छातीमा बाक्लो फोम भएको ब्रा थियो । पाइन्ट-सर्ट होइन, शरीरमा कुर्ता-सलावर सजिएको थियो । केश बढेर गर्धनसम्म आएको थियो ।

‘रातदिन काम गरेर ४ हजार डलर जम्मा गरी थाइल्यान्ड गएँ । त्यहाँ मैले कृत्रिम स्तन राखें ।’ शरीर परिवर्तनको रहस्य खोल्दै अञ्जली भन्छिन्, ‘हुन त स्त्रैण हार्मोनहरू खाएर आफूलाई परिवर्तन त गरेकी थिएँ तर कृत्रिम स्तन राखेपछि भने आफूलाई पूर्ण महिला मान्न थालेकी छु ।’

anjali lama 1

झट्ट हेर्दा उनी कुनै बेला पुरुष थिइन् भनेर पत्याउन मुस्किल पर्छ । ल्याक्मे फेशन विकको फाइनल राउण्ड फेब्रुअरी १ देखि ५ सम्म हुँदैछ । उनलाई हाम्रो शुभकामना !

१ पुस २०७३, साप्ताहिकको सहयोगमा, ३।३०

वि.सं.२०७३ पुस १ शुक्रवार २०:५४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...