back
NMB ad

मदिराका रूपमा ‘वाथलोसन’ पिउँदा ५३ को मृत्यु

Kumari bank ad

रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या मङ्गलबार ५३ पुगेको छ । यस वाथलोसन पिएर अन्य २६ जना विरामी भएका र अझै अस्पतालमा रहेको रसियाको समाचार संस्था टीएएसएसले जनाएको छ ।

यसअघि सोमबार रसियाका सञ्चार संस्थाहरुले २१ जनाको मात्रै मृत्यु भएको बताएका थिए । मदिराका रुपमा सेवन गरिएको यस विषाक्त पदार्थबाट ठुलो संख्यामा नागरिकहरुको मृत्यु भएको प्रति राष्ट्रपति भ्यादिमिर पुटिनले गहिरो दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पुटिनले घटनाका बारेमा विस्तृत जानकारी लिइरहेका छन् ।

प्रधानमन्त्री दिमित्री मेदभेदेभले पनि सोमबार नै मन्त्रीपरिषद् बैठक बोलाएर सरोकारवाला निकायलाई घटनाका बारेमा अध्ययन गर्न र गलत कामलाई तत्काल बन्द गर्न तथा दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । स्थानीय अधिकारीले इरकुस्कमा आपतकालीन अवस्था घोषणागरी थप मानिसको मृत्यु नहोस् भनी मदिराको रूपमा लिइने ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् ।

स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई नियन्त्रणमा लिइएको जनाएको छ । इरकुस्कको क्षेत्रीय प्रशासनले जनाएअनुसार मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएको र यो वाथलोसन पिएका कारण मृत्यु भएको जनाएको छ । लोसनको बोटलमा उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने स्पष्ट सङ्केत भए पनि स्थानीयवासीले मदिराको सस्तो विकल्पका रूपमा यसलाई पिउने गरेको पाइएको छ ।

प्रकाशित मितिः २०७३ पुस ५

वि.सं.२०७३ पुस ५ मंगलवार १५:३० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...