राष्ट्रिय फुटबल टिमलाई सरकारले ७५ लाख नगद दिने

काठमाण्डौं । सरकारले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि विजेता टोलीलाई ७५ लाख नगदसहित सम्मान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय फुटबल टिमलाई उक्त रकमसहित सम्मान गर्ने निर्णय गरेको हो।

मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नेपालले मकाउलाई १–० गोलले हराउँदै उपाधि हात पारेको हो। पहिलो पटक आयोजित उक्त प्रतियोगिताको उपाधि जितेर नेपालले इतिहाससमेत बनायो। एसियाली फुटबल महासंघ ९एएफसी० ले आयोजना गर्ने आधिकारिक प्रतियोगिताको उपाधि नेपालले जितेको यो पहिलो पटक हो।

७ पुस २०७३, ११।००

२०७३ पौष ७ गते १३:०८ मा प्रकाशित

You can share this post!

नेपालमा पुस्तकालयसम्बन्धी नीति आउँदै, लाइब्रेरियन पेशा मर्यादित बन्ने

गाउँमै बाख्रापालनबाट मनग्गे कमाएपछि विदेश गएकाहरु फर्किन थाले

Related posts