back
NMB ad

उखु तौलमा यसरी ठगिन्छन् किसान

Kumari bank ad

नवलपरासी। नवलपरासीका उखु किसान तौलमा ठगिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा विभिन्न स्थानमा व्यक्तिले सञ्चालन गरेको तौल केन्द्रमा वास्तविक तौलभन्दा कम तौल देखाएर किसान ठगिने गरेको पाइएको हो ।

जिल्लामा अवैध रुपमा सञ्चाल गरिएका तौल केन्द्रले वास्तविक तौलभन्दा कम तौल देखाउने गरेको पाइएको अनुगमनमा खटिएका सहायक प्रजिअ माधवप्रसाद ढुङ्गानाले बताए । तौलमा ठगी गरेको पाइएपछि बौदौली र भुजहवामा सञ्चालित तौल केन्द्रमा सिलबन्दी गरिएको छ, सहायक प्रजिअ ढुगांनाले भने, “नाप तौल तथा गुणस्तर विभागको स्वीकृत बिना सञ्चालनमा रहेका र किसानको उखु तौलमा ठगी गरेको पाइएकाले यी दुई वटा तौल केन्द्रमा सिलबन्दी गरिएको हो ।”

अन्य स्थानका तौल केन्द्रले पनि ठगी गरेको जनगुनासो आएपछि विभिन्न व्यक्ति र उद्योगले सञ्चालन गरेको तौल केन्द्रको अनुगमन र निरीक्षणलाई तिव्रता दिइएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । नवलपरासीमा वार्षिक रुपमा ३० लाख क्विन्टल उखु उत्पादन हुने गरेका छन् । जिल्लामा लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग, इन्दिरा चिनी उद्योग र मोहीनी सुगर मिल्स सञ्चालनमा छन । यहाँका १० हजार घरधुरीले करिब ५५ हजार विघा क्षेत्रफलमा उखु खेती गर्दै आएका छन् ।

प्रकाशित मितिः २०७३ पुस ९

वि.सं.२०७३ पुस ९ शनिवार १६:२७ मा प्रकाशित

You can share this post!

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...