back
NMB ad

फलफूलकै लागि मात्रै बाहिरिन्छ १२ अर्ब १८ रुपैयाँ

Kumari bank ad

काठमाण्डौं । नेपालमा फलफूल उत्पादनमा आत्मनिर्भर हुने नारा सरकारले अघि सारेको छ । जनतालाई आबश्यक फलफूल स्वदेशमै उत्पादन गर्ने उद्धेश्यले सरकारले कार्यबिधि बनाएको छ । तर फूलफूल आयातको अबस्था हेर्ने हो भने कहालीलाग्दो तथ्यांक अगाडि देखापर्छ । राष्ट्रिय समाचार समितिका राजाराम कार्की लेख्छनः ०७०/७१ मा रु १२ अर्ब १८ करोडको फलफूल आयात भएको सरकारी आँकडा छ ।

गत असोज १२ गतेको सचिवस्तरीय निर्णयबाट आव २०७३/०७४ देखि आव २०८२/०८३ लाई फलफूल दशकका रुपमा कार्यक्रम प्रस्ताव गरेको थियो । आगामी १० वर्षभित्र आँप, लिची, केरा, सुन्तला, कागती, ज्यामिरमा देशलाई आत्मनिर्भर हुन मद्दत गर्ने अभिप्रायबाट कार्यविधि तयार भएको हो ।

०७०/०७१ मा रु १२ अर्ब १८ करोडको मात्र आयात भएको सरकारी आँकडा छ । त्यसैगरी  सन् २०१४ मा नौ लाख ६५ हजार ४४ र सन् २०१५ मा नौ लाख ९२ हजार ७०३ मेट्रिक टन फलफूल उत्पादन भए पनि आयात प्रतिस्थापन हुन सकेको छैन ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको कृषि गणना २०६८ अनुसार पूर्वी पहाडी जिल्लामा सुन्तला जातको फलफूल ४६ प्रतिशत, केरामा ५६ प्रतिशत, स्याउमा २४ प्रतिशतले वृद्धि भए पनि जुनारमा ६१ प्रतिशत कागतीमा ३७ प्रतिशत र आँपमा ३ प्रतिशतले उत्पादन घटेको उल्लेख छ ।

कृषि क्षेत्रबाट हुने उत्पादनमा फलफूलको आठ प्रतिशत योगदान छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ । आव ०७१/०७२ मा फलफूल बालीले ढाकेको क्षेत्रफल एकलाख ५० हजार ३८७ हेक्टरमध्ये एकलाख १० हजार ८०२ हेक्टर जमिनमा फलफूल खेती गरिएको छ ।

सन् २०१४ मा ४८ हजार ९४६ मेट्रिकटन स्याउ उत्पादन भएको निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । स्वदेशमा उत्पादन हुने र अन्य मुलुकबाट आयात हुनेसम्म गरी वार्षिक ९२ हजार ९५० मेट्रिक टन स्याउ नेपालीका लागि आवश्यक पर्ने कृषि विकास विभागले प्रकाशन गरेको तथ्याङ्कबाट पुष्टि हुन्छ ।

१० पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १० आइतवार ११:३६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...