back
NMB ad

माइक्रोफाइनान्सको करिब ९५ हजार कित्ता साधारण सेयर खुला, आवेदन दिने ठाउँ हेर्नुहोस्

Kumari bank ad

काठमाण्डौँ । समता माइक्रो फाइनान्सले ९४ हजार ८०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ । १९ पुषमा बिक्री खुला हुने यो सेयर छिटोमा २२ गते र ढिलोमा माघ ४ गते बन्द हुने बताइएको छ।

कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु, एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, बारा स्थित माइक्रोफाइनान्सको कार्यालय लगायत बिभिन्न ११ संस्थामा सेयर आवेदन बुझाउन सकिने जनाइएको छ।

१०० रुपैयाँ अंकित मूल्यका सेयर न्युनतम ५० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइनेछ। एक हजार ८९६ कित्ता सेयर कर्मचारी र चार हजार ७४० कित्ता म्युचियल फण्डहरुलाई आरक्षित गरिएको जनाइएको छ।

बाराको सिमरामा प्रधान कार्यालय रहेको माइक्रोफाइनान्सको चुक्ता पूँजी हाल दुई करोड २१ लाख २० हजार रुपैयाँ रहेको छ। सर्वसाधारण सेयर बाँडफाँड पश्चात पूँजी तीन करोड १६ लाख रुपैयाँ पुग्नेछ।

१२ पुस २०७३, ८।००

वि.सं.२०७३ पुस १२ मंगलवार ०९:२४ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...