काठमाण्डौं । अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ। यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको हो ।
यो एप जारी भएसँगै पढेलेखेका व्यक्ति पनि व्यावसायिक रुपमा सञ्चालनमा रहेका अनलाइन फर्म भर्ने स्थानमा गएर एक सय÷दुई सय तिरेर लाइनमा बसेर फाराम भर्ने परिपाटीको अन्त्य हुनेछ । मोबाइल एपको प्रयोगमार्फत् आवेदनकर्ताले अनलाइन फाराम भरे जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन्।
यो मोबाइल एप एन्ड्रोइड मोबाइल र आईफोन तथा आईप्याड (आईओएस) अपरेटिङ् सिस्टम भएका मोबाइल डिभाइसमा प्रयोगकर्ताले प्लेस्टोर र एप स्टोरमा गएर प्राप्त गर्न सक्नेछन्।
१३ पुस २०७३, १०।१५
वि.सं.२०७३ पुस १३ बुधवार १०:२७ मा प्रकाशित