back
NMB ad

पर्ल हार्बरमा जापानी प्रधानमन्त्रीको भ्रमण ऐतिहासिकः बाराक ओबामा

Kumari bank ad

अमेरिकी राष्ट्रपति बाराक ओमााबा र जापानी प्रधानमन्त्री सिन्जो आबेले हवाई राज्यको पर्ल हार्बरको भ्रमण गरेका छन् । राष्ट्रपति बाराक ओमाबाले जापानी प्रधानमन्त्री सिन्जो आबेको यो भ्रमणलाई ‘ऐतिहासिक संकेत’ भएको यसबाट शक्ति पुनर्मिलनतर्फ गएको देखाएको बताएका छन् ।

पर्ल हार्बरस्थित अमेरिकी नौ सेनाको केन्द्रंमा आयोजित कार्यक्रममा जापानी प्रधानमन्त्री आबे र अमेरिकी राष्ट्रपति ओबामा एक साथ उपस्थित थिए । पर्ल हार्बरमा यसप्रकार एक साथ अमेरिकी र जापानी नेताहरुको भ्रमण यो पहिलो पटक हो ।

सन् १९४१ का जापानले पर्ल हार्बरमा गरेको आक्रमणमा परी करिब दुई हजार तीन सय अमेरिकी सैनिकको मृत्युभएको थियो । प्रधानमन्त्री आबेले ७५ वर्षअघि आफ्ना मुलुकले आक्रमण गरेको सो स्थानको भ्रमण गर्दै उक्त आक्रमणको क्रममा ज्यान गुमाउनु सबैप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

भ्रमणको क्रममा प्रधानमन्त्री आबेले युद्धको त्रासदी अब कहिल्यै दोहोरिनुहुन्न भन्ने जापानी जनताले कसम खाएको बताए । जापानको यस आक्रमणपछि सन् १९४५ मा अमेरिकाले जापानी सहरहरु हिरोसिमा र नागासाकीमा आणविक आक्रमण गरेको थियो । सो आक्रमणहरुमा डेढ लाख व्यक्ति मारिएको विश्वास गरिन्छ । यो सहरको भ्रमण गर्ने पहिलो वाहालवाला राष्ट्रपति बाराक ओमाबा हुन् ।

प्रकाशित मितिः २०७३ पुस १३

वि.सं.२०७३ पुस १३ बुधवार १४:४४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...