back
NMB ad

गहुँमा सिँचाइ गर्नुपर्ने बेला साँसदका बीउका कुरा !

Kumari bank ad

काठमाडौ। गहुँमा सिँचाइ गर्ने समय घड्कन लागिसकेको बेला ससदमा गहुँको बीउका बारेमा छलफल भएको छ । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको आजको बैठकमा गहुँको बीउ तथा हिउँदे बालीका लागि रासायनिक मल आपूर्तिको अवस्था वारे छलफल भएको हो ।

धान, मकैपछिको तेस्रो प्रमुख बालीका रुपमा रहेका गहुँ कृषिको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गरेको छ । बैठकमा सांसद शिवकुमार मण्डलले भने– सिँचाइ गर्ने बेलामा बीउको कुरा गरिएको छ, दुई महिनाअघि यो विषयमा छलफल हुनुपर्दथ्यो ।

नेपालमा करिब सात लाख ५५ हजार हेक्टरमा गहुँखेती हुँदै आएको छ । सरकारले २०६८ सालदेखि कृषकलाई उन्नत बीउबिजन खरिद मूल्यमा अनुदान उपलब्ध गराउने नीति अघि सारेको थियो । नेपालको हावापानीका कारण कात्तिकको अन्त्यदेखि मङ्सिरभित्रै गहुँ छर्ने गरिन्छ ।

चालु आव २०७३÷७४ सालमा पाँच हजार ३१ मेट्रिक टन गहुको उन्नत बीउ राष्ट्रिय बीउबिजन कम्पनीमार्फत बिक्री वितरण भइसकेको कृषि विकास मन्त्रालयका सचिव डा सुरज पोखरेलले जानकारी दिए । सोका लागि रु १४ करोड ८४ लाख ८८ हजार निकासा भइसकेको उनले बताए ।

न्यून बजेट, मागअनुसारका बीउका जात पर्याप्त नहुनु, भण्डारण क्षमताको कमी, खरिद र गुणस्तर नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाउन नसक्नु गहुँको बीउ बिक्री वितरणसंग सम्बन्धित समस्या रहेको कृषि मन्त्रालयको भनाइ छ । नेपालका प्रायः सबै जिल्लामा गहुँखेती गरिन्छ ।

प्रकाशित मितिः २०७३ पुस १३

वि.सं.२०७३ पुस १३ बुधवार १६:२५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...