back
NMB ad

न्यूरोड मोबाइल महोत्सव २०७३ सुरु,न्यूरोड छिर्ने प्रत्येकलाई उपहार !

Kumari bank ad

काठमाडौं । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आजदेखि भव्यरुपमा न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि पुष १९ गतेसम्म ( डिसेम्बर २८ तारिखदेखि जनवरी ३ तारिख) आयोजना गरिरहेको मोबाइल महोत्सवको सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले उद्घाटन गरे ।

सूचना तथा संचार मन्त्री कार्कीले न्यूरोड व्यवसायीक केन्द्रको रुपमा विकास भएको भन्दै हरेक युवालाई सूचना प्रविधिको क्षेत्रमा लाग्ने वातावरण तयार पार्नुपर्ने बताए । उनले भने, “सरकारले नेपाल दूरसंचार प्राधिकराण तथा नेपाल टेलिकममार्फत स्टार्टअप फण्ड बनाएर युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आकर्षित गराउने प्रयास गरिरहेको छ ।”

त्यसैगरी न्यूरोडमा रहेको गोरखापत्र संस्थानलाई भैसेपाटिमा सूचना ग्राम बनाएर सार्ने र त्यस स्थानलाई पार्कको रुपमा विकास गर्ने आफ्नो योजना रहेको सूचना तथा संचार मन्त्री कार्कीको भनाई थियो ।

कार्यक्रममा न्यूरोड मोबाइल महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यो महोत्सवले मोबाइल व्यवसायको प्रबद्र्धन गर्ने र ग्राहकहरुलाई सूपथ मूल्यमा उपहारसहित मोबाइल किन्ने वातावरण तयार पार्ने बताए । उनले भने, “हामीले ग्राहकहरुका लागि विभिन्न स्कीमहरु ल्याएका छौं भने महोत्सवमा न्यूरोड आउने प्रत्येक व्यक्तिले उपहारहरु प्राप्त गर्न सक्नेछन् ।”

नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मोबाइलको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्टको रुपमा आयोजना गरिएको छ । महोत्सव अवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिनेछ ।

प्रकाशित मितिः २०७३ पुस १३

वि.सं.२०७३ पुस १३ बुधवार १८:१६ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...