आकाशियो सुनको भाउ : हिजो तोलामा ४ सय, आज पुनः ३ सयले बृद्धि

काठमाण्डौं । केही समयदेखि स्थिर रहेको सुनको भाउमा हिजो आज उकालो लाग्ने क्रम सुरु भएकोछ ।  हिजो बुधवार तोलाको ४ सयले बढेको सुन आज पनि ३ सय रुपैयाँले उकालो लागेको छ ।

हिजो बुधवार सुन तोलाको ५२ हजार ४ सयमा कारोवार भएको थियो भने आज बिहीवार सुन तोलाको ५२ हजार ७ सय पुगेको छ ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी तोलाको ७ सय ६५ मा किनबेच भएको छ । मंगलवार चाँदीको भाउ ७ सय ६० तोकिएको थियो ।

१४ पुस २०७३, ११।००

२०७३ पौष १४ गते ११:२१ मा प्रकाशित

You can share this post!

भोलिदेखि बिगसेल मेला : जुत्ता तथा चप्पलहरुमा १५–७५ प्रतिशत सम्मको छुट !

नौं कम्पनीको करोडौंको सेयर नेप्सेमा सूचिकृत, कम्पनी थाहा पाउनुहोस् सेयर किन्नुहोस्

Related posts