back
NMB ad

नेप्सेमा आज फेरि चार कम्पनीको मूल्य समायोजन

Kumari bank ad

काठमाण्डौं । आज फेरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले चार कम्पनीको मूल्य समायोजन गरेकोछ । नेप्सेले सुचना जारी गर्दै मूल्य समायोजित भएको जानकारी दिएको हो । मूल्य समायोजित हुने कम्पनी र तिनको प्रति कित्ता मुल्य यस प्रकार रहेकोछ ।

कैलाश विकास बैंक लिमिटेड अर्थात् केबीबीएलले जारी गरेको २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत हकप्रद सेयरका लागि प्रति कित्ता मूल्य रु ३ सय ५२ रहेकोछ । यसको आधार मूल्य रु ३ सय ४२ लिइएको छ ।

त्यस्तै, ज्योति विकास बैंक लिमिटेड अर्थात् जेबीबीएलले पनि आफ्नो मूल्य समायोजन गरेकोछ । यसले जारी गरेको ११ दशमलव ७ प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता मूल्य रु २ सय ६९ राखेको छ । यसको आधार मूल्य २ सय १६ रहेकोछ ।

यसैगरी, साना किसान विकास बैंक लिमिटेड अर्थात् एसकेबीबीएलले पनि आफ्नो सेयर मूल्य समायोजन गरेकोछ । कम्पनीले जारी गरेको २५ प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता मूल्य रु ९ सय ६८ रुपैयाँ तोकेको छ । यसको आधार मूल्य पनि रु एक हजार ५२ रहेकोछ ।

यस्तै, नेको इन्स्योरेन्स लिमिटेड अर्थात् एनआईएलले पनि आफ्नो मूल्य समायोजन गरेकोछ । आज नेप्सेमा प्रकाशित सूचना अनुसार यो कम्पनीले जारी गरेको २० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयरका लागि प्रति कित्ता मूल्य रु ७ सय ७९ राखेकोछ । यसको आधार मूल्य भने ९ सय ५७ रुपैयाँ रहेकोछ ।

१४ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १४ बिहीवार १२:२५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...