कृषि विकासले प्रस्ताव गर्यो २० प्रतिशत बोनस सेयर, हकप्रद भर्नेले पनि पाउने

काठमाण्डौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज बिहीबार बसेको संचालक समितिको बैठकले उक्त बोनस सेयर यसअघि बिक्री गरेको हकप्रद सेयर किन्नेलाई समेत प्रदान गरिने निर्णय गरेको छ ।

बैंकले २० प्रतिशत बोनसका साथै कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । बैंकले अघिल्लो महिना मात्रै एक सय रूपैयाँ अंकित मूल्यको एक अर्ब ९६ करोड ८८ लाख रुपैयाँ बराबरको एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।

१४ पुस २०७३, १२।००

२०७३ पौष १४ गते १३:२१ मा प्रकाशित

You can share this post!

छिमेकले दिने भो ४० प्रतिशत बोनस र १२.७० प्रतिशत नगद लाभांश

तयार बस्नुहोस्, नेपाल लाईफको करिब ३१ लाख कित्ता एफपिओ आउँदै, बोर्डले दियो स्वीकृति

Related posts