back
NMB ad

संबिधान संशोधनलाई थाती राखेर तोकिएको मितिमै तीन तहको निर्वाचन गराउन पूर्व साँसदहरुको माग

Kumari bank ad

काठमाडौ। पूर्व सांसद मञ्च, नेपालले संविधानले व्यवस्था गरेअनुसार तीन तहको निर्वाचन गर्न नेपाल सरकारसँग माग गरेको छ । मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी नेपालको संविधानको धारा २९६ ले गरेको व्यवस्थाअनुसार रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ साल माघ ७ गतेसम्म मात्र भएको हुँदा सो समयभित्र तीनै तहको निर्वाचन गर्न माग गरेको हो ।

मञ्चले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन गर्न संविधानको धारा २६८ बमोजिम दलीय राजनीतिबाट अलग प्रविधिज्ञहरु रहेको निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठन गर्ने गरी निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कानुन तुरुन्त निर्माण गर्न माग गरेको छ । त्यसैगरी, संविधानको धारा २९३ ९३० बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाउन लागेको हुनाले त्यसलाई ग्रहण गरी अधिकतम सहमतिका आधारमा निर्वाचनको मिति घोषणा गर्न मञ्चले ध्यानाकर्षण गराएको छ ।

संविधान संशोधन विधेयक असंवैधानिक भनिदिँदा सदनदेखि सडकसम्म अन्योल र अनिश्चितताको तरङ्ग नै फैलिएको र पार्टी–पार्टीबीच तथा पार्टीभित्र पनि धु्रवीकरण बढ्दै गइरहेको हुँदा सो विधेयकलाई स्थगन गरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने मञ्चले बताएको छ ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले संविधान संशोधनको विवादित विषयलाई थाती राखेर तीन तहको निर्वाचन गराउन सरकारसँग माग गरे ।

प्रकाशित मितिः २०७३ पुस १४

वि.सं.२०७३ पुस १४ बिहीवार १७:२६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...