back
NMB ad

सेयरबारे सस्ता कुरा गर्नेलाई महंगो जरिवाना !

Kumari bank ad

काठमाण्डौं । सामाजिक संञ्जाल मार्फत सेयरबजारका बारेमा भ्रामक सूचना फैलाउनेलाई विद्युत्तिय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत कारबाही गरिने भएको छ । केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले सेयरबजार बारे भ्रामक सूचनाहरु फैलाउने माथि कडा निगरानी र अनुसन्धान थालेको जनाएको छ । उसले त्यस्ता हल्ला फैलाउनेहरुको जानकारी उपलब्ध गराउन पनि सचेत लगानीकर्तासँग आग्रह गरेको छ ।

पछिल्लो चरणमा सामाजिक संञ्जालमा विभिन्न समूह र व्यक्तिगत रुपमा कुनै दरिलो तर्क र तथ्थ विना सेयरबजारका बिषयमा अनावश्यक चर्चा र टिप्पणी गर्नेहरुलाई निगरानी गर्न थालेको सिडीएसीका प्रमुख कार्यकारी देव प्रकाश गुप्ताले जानकारी दिए ।

सामाञ्जिक संञ्जालमा चलाइने तथ्य र तर्कविनाका हल्लाले सामान्य लगानीकर्ता प्रभावित भएको र उनीहरुको लगानीको समेत जोखिममा पर्न सक्ने अवस्था आउन नदिन सामाजिक संञ्जालमा भ्रामक र गलत सूचनाहरु सम्प्रेषण गर्नेलाई विद्युत्तिय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत कारबाही गरिने गुप्ताले बताए ।

ुआफुलाई थाहा नभएको कुरालाई मन लाग्यो भन्दैमा अरुलाई आतंकित पार्ने शैलीमा सार्वजनिक गर्नु भएन नि । यो त अपराध हो, प्रष्ट आधार बिना बोल्ने अनि त्यस्ता हल्ला फैलाउनेलाई हामी कार्वाह गर्छौ । त्यस्ता सामग्री सिडिएससीलाई उपलब्ध गराउन हामी आग्रह गर्छौ ।ु गुप्ताले भने ।

नेपालमा कम्प्युटर र विद्युतीय संचार माध्यमलाई नियमित गर्ने उद्देश्य राखी र साइवर अपराधलाइ समेत रोकथाम गर्नेगरी विद्युत्तिय ९इलेक्ट्रोनिक० कारोबार ऐन २०६३ बनाइ लागु गरिएको छ ।

विद्युत्तिय ९इलेक्ट्रोनिक० कारोबार ऐन २०६३ अनुसार कम्प्यूटर इन्टरनेट लगायतका विद्युतिय संचार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्रीहरु वा सार्वजनिक नैतिकता शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायवीचको सुमधुर सम्बन्धलाइ खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलार्इ एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

१५ पुस २०७३, मेरो लगानी, १।००

वि.सं.२०७३ पुस १५ शुक्रवार १४:५५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...