काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसियसन् अफ नेपाल (TAAN) को आधिकारीक वेवसाइट भएको छ । आइतबार बिहानदेखि यो साइट खुलेको छैन । साइट नखुल्दा पर्यटक र व्यवसायीहरुले टानको साइटमा राखिएको सूचना एवं जानकारी लिन सकेका छैनन् ।
ट्रेकिङ व्यवसायीहरुको छाता सङ्गठन टानले आफ्नोबारेमा विभिन्न जानकारीहरु वेबसाइटमार्फत बाड्दै आएको थियो ।
साइट ह्यक भएको विषयमा टानका अध्यक्ष चन्द्र रिजालले भने ‘ह्याक भएपछि हाम्रो बारेमा वेबसाइटबाट जानकारी ल्याउन चाहनेहरुका लागि असुबिधा भएको छ, अहिले हामी सुधार गर्न लागिरहेका छौ ।’
उनकाअनुसार वेबसाइट कसले ह्याक गरेको हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । रिजालले भने ह्याक कस्ले गरेको हो र ह्याक गरिनुको कारणबारे प्राविधिक टोलीले खोजी गरिरहेको छ ।
१७ पुस २०७३
वि.सं.२०७३ पुस १७ आइतवार १७:०९ मा प्रकाशित