सेयर बजारमा आज पनि हरियाली, १७.१३ अंकले बढ्यो बजार

काठमाण्डौं । सेयर बजारमा आज फेरि हरियाली देखिएको छ । आज नेप्से सूचक १७.१३ अंकले बढेर १४८२.८५ अंकमा आइपुगेको छ ।

आज बजारमा एक सय ३० कम्पनीको ५१ करोड ४९ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यस दिन कुल १० लाख १७ हजार सात सय ५४ कित्ता सेयर कारोबार भएको हो ।

आज होटेल बाहेक बाँकी सबै उपसूचक हरिया भएका छन् । आज बजारमा एभरेष्ट बैंकको मात्रै तीन करोड रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

१८ पुस २०७३, ३।४५

२०७३ पौष १८ गते १५:३७ मा प्रकाशित

You can share this post!

वृहत् शैक्षिक मेला हुँदै, स्वदेशी र विदेशी शिक्षा प्रणालीका बारेमा परामर्श दिइने

नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनबाटै आउट

Related posts