back
NMB ad

आउँदैछ माइक्रोफाइनान्सको ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर, बोर्डबाट मिल्यो स्वीकृति

Kumari bank ad

काठमाण्डौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासनको लागि धितोपत्रबोर्ड बाट अनुमति पाएको छ । कम्पनीले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर निष्कासनको माग गर्दे बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।सुनसरीमा केन्द्रीय कार्यालय रहेको संस्थाले एक सय रुपैयाँ अंकित दरका ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।कम्पनीले माघ महिना भित्र आइपिओ निष्कासन गर्ने तयारी थालेको छ ।

आइपिओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । हाल कम्पनीको १४ करोड रुपैंया चुक्ता पूँजी रहेको छ । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापकको ७० तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

संस्थाले ३६ जिल्लाका करिब सवा लाख सेवाग्राहीलाई वित्तीय सेवा दिदै आएको छ । कम्पनीले चालु अर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १५ लाख २९ हजार रुपैंया खुद नाफा कमाएको छ ।

२० पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २० बुधवार १२:०४ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...