back
NMB ad

भारतीय पाँच राज्यमा आगामी फेब्रवरी ११ देखि विधानसभा निर्वाचन हुने

Kumari bank ad

भारतको निर्वाचन आयोगले आगामी फेबु्रवरी ४ देखि विभिन्न पाँच राज्यमा विधानसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । यस्तै उत्तरप्रदेशमा विधानसभाको निर्वाचनलाई विभिन्न सात चरणमा गरिने र निर्वाचन आगामी फेब्रवरीमा सुरु भई मार्चमा सकिने गरि तोकिएको निर्वाचन आयोगले जनाएकोे छ ।

प्रमुख निर्वाचन आयुक्त नसीम जाइदीले निर्वाचन मिति घोषणा गर्दै भने, ‘ पाँचै प्रदेशमा निर्वाचनको मिति घोषणा गरिएको छ भने उत्तर प्रदेशमा सात चरणमा निर्वाचन गरिने छ । यहाँ फेब्रवरी, ११, १५, १९, २३, २७ तथा मार्च ४ र ८ तारिखमा निर्वाचन’ हुनेछ ।

निर्वाचन हुन लागेका पाँचै राज्यमा गरी ६९० निर्वाचन क्षेत्रमा १६ करोड भारतीय जनताले मतदानमा सहभागिता जनाउनेछन् । निर्वाचन आयोगले सन् २०१२ मा तोकेको भन्दा करिव १५ प्रतिशत बढी मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गर्दै जम्मा एक लाख ८५ हजार मतदान केन्द्रबाट मतदान हुने जनाइएको छ । प्रमुख निर्वाचन आयुक्त सहित अन्य दुई निर्वाचन आयुक्त एके ज्योती र आपि रावत उपस्थित पत्रकार सम्मेलन मार्फत निर्वाचन कार्यक्रम घोषणा गर्दै यही जनवरी ११ पञ्जाव र गोवा राज्यको मतदानका लागि जनवरीपछि प्रतिस्पर्धा गर्न चाहने सदस्यले आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्य सुरु हुनेछ ।

उक्त अवसरमा प्रमुख आयुक्तले निर्वाचन आचार संहिता तत्कालै लागु हुने र यो राजनैतिक दल र सम्बद्ध राज्य सरकारका लागि लक्षित रहनेछ । निर्वाचनमा गरिने खर्चलाई पारदर्शी बनाउन उम्मेदवारले नयाँ बैङ्क खाता खोली २० हजार रुपैयाँभन्दा माथिको कारोबार चेक मार्फत गर्नुपर्ने व्यवस्था गरिएको जाइदीले सञ्चारकर्मीमाझ बताए । उम्मेदवार वा पार्टीलाई गरिने सहयोग पनि बैङ्कमार्फत गर्नुपर्ने गरी व्यवस्था गरिएको उनको भनाइ थियो ।

उत्तरप्रदेश, पञ्जाव, उत्तराखण्ड राज्यमा एक उम्मेदवारले अधिकतम २८ लाख र गोवा र मणिपुरमा २० लाख मात्र निर्वाचन खर्च गर्नसक्ने अन्तिम सीमा कायम गरेको छ ।

प्रकाशित मितिः २०७३ पुस २०

वि.सं.२०७३ पुस २० बुधवार १९:०१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...