back
NMB ad

निर्यात प्रवद्र्धनका लागि नगद प्रोत्साहनमा जोड

Kumari bank ad

काठमाडौ। आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका लागि सरकारले नगद प्रोत्साहन बढाउनुपर्नेमा निजी क्षेत्रका निर्यातकर्ताहरुले जोड दिएका छन् । एक रुपैयाँ बराबरको सामान निर्यात हुँदा रु १२ बराबरका सामग्री आयात भइरहेको मुलुकको वर्तमान निर्यातको स्थितिको अन्त्यका लागि उनीहरुले प्रोत्साहन रकम वृद्धिको माग गरेका हुन् ।

नेपाल निर्यात परिषद्ले हस्तकला महासंघमा पत्रकार सम्मेलन गरेर हाल सरकारबाट उपलब्ध भएको दुई प्रतिशत नगद प्रोत्साहन अपुग भएको भन्दै त्यसलाई कम्तीमा १५ प्रतिशत पु¥याउनुपर्ने जनाएको छ । परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले भने, तीन वर्षअघि रु ९१ अर्ब बराबरका नेपाली उत्पादन निर्यात भएकामा त्यो अघिल्लो वर्ष रु ८६ अर्ब हुँदै हाल रु ७३ अर्बमा झर्नुले निर्यातको तस्बिर प्रष्ट हुन्छ । त्यसैले निर्यातमा जोड दिनुपर्ने उनले बताए ।

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतका रुपमा रहेका निर्यातजन्य उद्योगको प्रवद्र्धनमा सरकारको ध्यानाकर्षण गर्न परिषद्को संयोजनमा निर्यात क्षेत्रमा संलग्न सबै संघसंस्थाहरु सहित निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ लगायत सबै निजी निर्यातकर्ताहरु संघसंस्थाले यही पुस २२ गते पहिलोपटक निर्यात दिवस आयोजना गर्ने भएका छन् ।

निर्यातकर्ताको समस्या र समाधान गर्नुपर्ने विषयलाई एकै ठाउँमा बसेर बुझेर सरकारले समाधान गरिदेओस भन्ने मुख्य उदेश्य राखेर यो दिवस मनाउन लागिएको आयोजकले बताएको छ ।

प्रकाशित मितिः २०७३ पुस २०

वि.सं.२०७३ पुस २० बुधवार १९:३३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...