काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा करिब २७ लाख कित्ता सेयर थपिएका छन् । बिहिबार तीन वटा कम्पनीको २६ लाख ९२ हजार एक सय ३३ दशमलव ५९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएका हुन् ।
पूर्णिमा विकास बैंक लिमिटेडको १० लाख आठ हजार पाँच सय ४३ दशमलव ५९ कित्ता हकप्रद सेयर बिहिहीबार नेप्सेमा सूचिकृत भएको छ । पूर्णिमाले गत भदौमा निष्काशन गरेको सबै हकप्रद सेयर नेप्सेमा सूचिकृत गराएको हो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको ७ लाख ७६ हजार ९० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यसैगरी गुडविल फाइनान्स लिमिटेडको ९ लाख ७ हजार पाँच सय कित्ता बोनस सेयर पनि नेप्सेमा थपिएको छ । आगामी सातादेखि यी सेयरको कारोबार हुनेछ ।
प्रकाशित मितिः २०७३ पुस २१
वि.सं.२०७३ पुस २१ बिहीवार १६:१० मा प्रकाशित