back
NMB ad

स्वदेशी लगानीमा निर्माणाधिन जलविद्युत्को ९० प्रतिशत काम पूरा

Kumari bank ad

रामेछाप। रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २.८३ मेगावाटको जलविद्युत्को काम ९० प्रतिशत पूरा भएको आयोजनाका लेखा प्रमुख दिलु कार्कीले बताएका छन् । चाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत् प्रसारण गरिने घर समेत बनिसकेको छ । २.८३ मेगावाट क्षमताको विद्युत् प्रसारणलाई केन्द्रीय जलविद्युत्सँग जोड्नलाई तार लाइन दोलखाको जिरीसम्म पु¥याइ सकिएको छ ।

विद्युत् प्रवाह हुँदा रामेछापको चुचुरे गाविसका १, २ र ३ वडाका नागरिकलाई सामान्य सेवा पुग्नुका साथै केन्द्रीय लाइनमा विद्युत् थपिएसँगै यो क्षेत्रमा विद्युत् थप भई विद्युत्भार कटौती नहुने आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको जलविद्युत् आयोजना रु ५० करोडको लागतमा सम्पन्न हुने भएको छ भने यसको लगानी चुचुरेका स्थानीयवासी, दोलखाका श्यामावासी र क्षेत्र नम्बर २ रामेछापका सांसद आङटावा शेर्पालगायतको रहेको छ ।

प्रकाशित मितिः २०७३ पुस २२

वि.सं.२०७३ पुस २२ शुक्रवार १२:४५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...