माछापुच्छ्रेले पारित गर्यो २०.७५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत हकप्रद सेयर

काठमाण्डौं । माछापुच्छ्रे बैंकले आज सम्पन्न अठारौं वार्षिक साधारणसभाबाट आफ्ना सेयरधनीहरूलार्इ बोनस र हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले २०.७५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

साधारणसभाले बैंकको आर्थिक बर्ष २०७२/७३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै कर प्रयोजनका लागि १.०९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेकोछ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाससम्ममा २४ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकको कुल ५६ शाखाहरू, एक एक्स्टेन्सन काउण्टर र आफ्नै ७२ वटा एटिएम सेवा रहेका छन् ।

२२ पुस २०७३, ३।३०

२०७३ पौष २२ गते १५:४९ मा प्रकाशित

You can share this post!

तपाईको बैंक खाता कुनमा ? यी १७ बैंकमा भए सेयर किन्न लाईन बस्नुपर्दैन

नेपाली लप्सीका परिकार अमेरिकासम्म, १० मेट्रिक टन माग

Related posts