back
NMB ad

रुसले इमेल ह्याक गरी अमेरिकामा यसरी ल्याईदियो हलचल !

Kumari bank ad

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउने गरी सहयोग गर्न निर्देशन दिएको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी गुप्तचर विभागले अमेरिकी राष्ट्रपतीय चुनावमा पुटिनको निर्देशनमा दखल दिने काम भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा पुटिनले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई नोक्सानी हुने र ट्रम्पले जित्ने गरी अभियान चलाउन निर्देशन दिएको उल्लेख गरिएको छ । पुटिनको निर्देशनमा भएको अभियान अन्तर्गत डेमोक्र्याटिक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै रुसी अभियान अन्तर्गत क्लिन्टनको चुनावी अभियान व्यवस्थापन प्रमुख जोन पोडेस्टासहित क्लिन्टनका नजिकका सहयोगीको पनि इमेल ह्याक भएको थियो । रुसले लामो प्रयासपछि अमेरिकी स्वतन्त्र प्रजातान्त्रिक व्यवस्थालाई कमाजोर पार्न प्रयास गरेको गुप्तचर विभागको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी गुप्तचर विभागले पहिलो पटक राष्ट्रपतीय चुनावमा रुसले गरेको ह्याकिङ तथा त्यसको उद्देश्यसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

रिपोर्टमा भनिएको छ ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतीय चुनावलाई प्रभावित पार्ने गरि अभियान चलाउन निर्देशन दिएको प्रष्ट भएको छ । अमेरिकी नागरिकबाट प्रजातान्त्रिक प्रक्रियामाथिको विश्वास उठाउनु, हिलारी क्लिन्टनलाई बदनाम गर्नु र उनको चुनावी अभियानलाई प्रभाव पारी राष्ट्रपतिमा निर्वाचित हुन नदिनु रुसको उद्देश्य रहेको पाइयो । यस्तै रुसी सरकारले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई सयोग गर्न चाहेको पनि प्रष्ट भएको छ ।’

प्रकाशित मितिः २०७३ पुस २३

वि.सं.२०७३ पुस २३ शनिवार ०९:०२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...