back
NMB ad

सेयर सदस्यहरुलाई दिगो पर्यटन सहकारीबाट १० प्रतिशत बोनस !

Kumari bank ad

काठमाडौ । दिगो पर्यटन सहकारी संस्था–सोह्रखुट्टेले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस बाँड्ने निर्णय गरेको छ । पर्यटन क्षेत्रमा छरिएर रहेका पुँजीलाई एकीकृत गर्दै पर्यटन क्षेत्रमा लगानी गरी पर्यटन व्यवसायीहरुको आर्थिक स्तरोन्नति गर्ने मुख्य उदेश्यका साथ स्थापित संस्थाको छैंठौं वार्षिक साधारण सभाले उक्त निर्णय अनुमोदन गरेको सहकारीका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए ।
Digo Paryatan Co-operative (3)
साधारण सभाले संस्थाले काठमाडौ नयाँबजारमा पुरानो गार्डेनको ५ आना जग्गा खरिद गरेर आफ्नै कार्यालय भवन बनाउने निर्णय गरी उक्त निर्णयलाई अनुमोदन गरेको पनि उनले जानकारी दिए ।

त्यस्तै संस्थाले सहकारीकै नाममा होटल, ट्राभल एजेन्सी, र्याफ्टिङ, ट्रेकिङका कार्यक्रमहरु अगाडि बढाउने निर्णय पनि उक्त आवसरमा भएको छ । संस्थाले चालु आर्थिक वर्षमै उपत्यका भरी सेवा विस्तार गर्ने उदेश्य सहित शाखा कार्यालयबाट सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । संस्थाले २३.२१ प्रतिशतले सेयर पुँजीमा वृद्धि गरेको छ ।
Digo Paryatan Co-operative (4)

त्यस्तै सहकारीले २०१८ लाई नेपाल पर्यटन वर्ष मनाउन सन् २०१७ मा साहसिक पर्यटकीय खेलहरुको आयोजना गर्ने भएको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायीत्व (सिएसआर) अन्तर्गत १० लाख रुपैंयाको दैवी प्रकोप राहतकोष अर्थात् बिनाश तथा आकस्मिक कोषको व्यवस्था गरेको छ । यसअघि ५ लाखको कोषको व्यवस्था रहेको थियो ।

Digo Paryatan Co-operative (5)
साथै संस्थाले आफ्ना सेयर सदस्यहरुको कार्यक्ष्मता र व्यवसायीक क्षमता वृद्ध गराउन समय समयमा आवश्यक तालिम कार्यक्रमहरु अगाडि बढाउने निर्णय भएको अध्यक्ष रिजालले जानकारी दिए । पर्यटन क्षेत्रमा साना व्यवसायीले छिटो छरितो रकम पाउने, निक्षेपकर्ताले पनि राम्रो ब्याज पाउने हुँदा सहकारीको कार्यप्रति सर्वसाधारण एवं व्यवसायीहरु आकर्षित छन् ।

प्रकाशित मितिः २०७३ पुस २३

वि.सं.२०७३ पुस २३ शनिवार १६:२४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...