पुँजी बजारका समस्या हल गरिने

काठमाडौ। व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले पुँजी बजारका समस्या समाधान गर्न अर्थ समिति सकारात्मक रहेको बताएका छन् । नेपाल सेयर ब्रोकर एसोसिएसनको २२ औँ वार्षिक साधारणसभाको अवसरमा उनले पुँजी बजारसँग सम्बन्धित विषय लगानी, प्रवद्र्धन र सुरक्षणमा व्यवसायीलाई सघाइने बताए । उनले सरकार सरोकार भएका निकाय र पुँजी बजारसँग सम्बन्धित सबैलाई राखेर छलफल गरी समस्याको समाधान गर्न समिति तत्पर छ भने ।

एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको सभापतित्वमा भएको उद्घाटन सत्रमा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्रा पुण्यप्रसाद रेग्मी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलगायतले बजारको स्थायित्व र आर्थिक विकास सबैको चासोको विषय भएकाले सम्बद्ध पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः २०७३ पुस २३

२०७३ पौष २३ गते १६:५८ मा प्रकाशित

You can share this post!

बागमतीमा फोहरफाल्ने पक्राउ,रु बीस हजार जरिवाना

यूरो क्षेत्रको अर्थतन्त्रमा सुधारका संकेत

Related posts