हाईड्रोपावरको ३ करोड ७१ लाखको आईपीओ आउँदै, भर्ने हैन त ?

काठमाडौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले तीन लाख ७१ हजार चार सय कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले आयोजना प्रभावितका लागि सेयर निष्काशन गर्न लागेको हो ।

सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड ७१ लाख ४० हजार रुपैंया बराबरको सेयर जारी गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मितिः २०७३ पुस २६

२०७३ पौष २६ गते १३:११ मा प्रकाशित

You can share this post!

फेरि आकासियो सुन, तोलाको ५४ हजार नाघ्यो, कति पुग्ला अझै ?

झापा पुगेर ओलीले भने संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैन

Related posts