back
NMB ad

ग्यास विक्रेताको आन्दोलनले अभावसँगै उपभोक्ता चरम मारमा

Kumari bank ad

लुम्बिनी। ग्यास उद्योगले आफूलाई दिँदै आएको सहुलियत दर घटाएको भन्दै लुम्बिनीका ग्यास विक्रेताले आन्दोलन गरेपछि उपभोक्ता मारमा परेका छन् । विक्रेताको आन्दोलनका कारण ग्यासको अभाव भएको छ । नेपाल आयल निगमले तराई र पहाडी जिल्लाको मूल्यमा एकरुपता ल्याउने गरी मूल्य निर्धारण गरेपछि विक्रेता उद्योगले सहुलियत रकम घटाएको भन्दै विक्रेताले आन्दोलन थालेका हुन् ।

आयल निगमले गत पुस १९ गते राति १२ बजेदेखि लागू हुनेगरी ग्यासको उपभोक्ता मूल्य निर्धारण गरेको थियो । तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा ग्यास सिलन्डरको खुद्रा मूल्य रु एक हजार २७५ र तराईका अन्य जिल्लामा रु एक हजार ३०५ कायम गरेको छ । नेपाल आयाल निगमको केन्द्रीय कार्यालय बबरमहलले क्षेत्रीय कार्यालय भलबारीलाई जारी गरेको एलपी ग्यासको मूल्य समायोजन बारेको सूचनामा रुपन्देहीसहित तराईका अन्य जिल्लामा रु एक हजार ३२५ बाट घटाएर रु एक हजार ३०५ कायम गरिएको छ । अन्य पहाडी जिल्लामा भने मूल्य यथावत राखिएको जनाएको छ ।

व्यवसायीले आयल निगमले उपभोत्ता मूल्य घटाएकोमा स्वागत गर्दै उद्योगले दिँदै आएको सहुलियत रकम पहिलाकै अवस्थामा नदिँदासम्म आन्दोलन नरोकिने बताएका छन् । ग्यास उद्योगले पुस १९ गतेसम्म प्रतिसिलिन्डर रु ५० सहुलियत रकम दिँदै आएकोमा रु ३२ मात्रै दिने गरी विलिङ गरेको ग्यास बिक्रेता सङ्घका जिल्ला अध्यक्ष वसन्त गौचनले बताए ।

ग्यास उद्योगीले भने सरकारले ग्यास बिक्रेताका लागि भनेर रु ३२ मात्रै रकम छुट्टयाएकाले रु ५० दिन नसकिने बताएका छन् । रुपन्देही, कपिलबस्तु, नवलपरासी र पाल्पाका विक्रेताले यहाँका उद्योगबाट ग्यास सिलिन्डर उठाएका छैनन् । बजारमा ग्यासको अभाव हुन थालेको छ ।

सिद्धार्थ ग्यास उद्योगका व्यवस्थापक सुशील नेपालले रु ३२ भन्दा बढी रकम दिन नसकिने बताए । “सरकारले ढुवानी दर घटाए मात्रै विक्रेताको माग पुरा गर्न सम्भव छ,” उनले भने । पञ्चमहालक्ष्मी ग्यास उद्योगका व्यवस्थापक महेश पोखरेल एक सातायता बिक्रेताले ग्यास नलगेको बताएका छन्। रासस

प्रकाशित मितिः २०७३ पुस २७

वि.सं.२०७३ पुस २७ बुधवार १५:१० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...