back
NMB ad

पर्यटकको रोजाईमा घोरेपानी– घान्द्रुक क्षेत्र, एक वर्षमा पुगे चार हजार सात सय पर्यटक

Kumari bank ad

म्याग्दी । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् ।

सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या ३१ प्रतिशतले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० कार्यालयका प्रशासन सहायक आनन्द सुवेदीले जानकारी दिए । सन् २०१६ को जनवरीदेखि डिसेम्बर महिनासम्म घोडेपानी, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प र खोप्रा क्षेत्रमा ४७ हजार २४७ बाह्य पर्यटकले भ्रमण गरेका थिए ।

सन् २०१५ मा करिब ३६ हजार तथा सन् २०१४ मा करिब ४२ हजार  बाह्य पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । सन् २०१६ को सुरुका महिनामा नाकाबन्दीका कारण पर्यटक आगमनमा कमी आएपनि त्यसपछिको समयमा सो सङ्ख्यामा वृद्धि भएको एक्याप घान्द्रुकका प्रमुख बिदुर कुइँकेलले बताए । पर्यटकीय नगरी पोखरा नजिक पर्ने भएकाले घोडेपानी घान्द्रुक पदमार्ग छोटो समयको पदयात्राका लागि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

अन्नपूर्ण आधार शिविर र घोडेपानी अधिकांश पर्यटकको रोजाइमा पर्छ । मगर, गुरुङ बस्ती, उनीहरुको कला, संस्कृति जीवनशैली, हिमशृङ्खला, सूर्योदय, लालीगुराँसको जङ्गल, एकान्त वातावरण सो पदमार्गका मुख्य विशेषता हुन् । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु २०० तथा अन्य मुलुककाले प्रतिव्यक्ति रु दुई हजारका दरले प्रवेश शुल्क तिर्नुपर्छ ।

२७ पुस २०७३, रासस, ३।३०

वि.सं.२०७३ पुस २७ बुधवार १६:०६ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...