back
NMB ad

सेयर बजारमा मार्जिन लेन्डिङ बारे कति थाहा छ तपाईलाई ?

Kumari bank ad

काठमाण्डौं । जब जब सेयर बजार झर्न थाल्छ तब तब मार्जिन लेन्डिङको चर्चा चल्न थाल्छ । तर यसबारे तपाई हामी कत्तिको जानकार छौं ? मार्जिन लेन्डिङको माग अहिले मात्र होइन २०६५ सालबाट मूल्य ओर्लिन थालेपछि नै हुन थालेको हो। बीचमा मूल्य उक्लिएपछि यो हराएको थियो। अहिले झर्न थालेपछि माग फेरि आउन थालेको छ।

मार्जिन लेन्डिङ पसलमा लिने उधारोजस्तै हो। कुनै सामानको मूल्य १०० रुपैयाँ छ, तर तपाईसँग ५० रुपैयाँ मात्र छ । अब पसलेले तपाईलाई पत्याएर केही दिनमा तिर्ने गरि ५० रुपैयाँ उधारो दिन्छ भने त्यसलाई सेयर बजारमा मार्जिन लेन्डिङ भनिन्छ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले दिएको कर्जा के हो त भन्ने प्रश्न उठ्ला । यो सेयर धितो कर्जा हो। सेयर धितो कर्जालाई मार्जिन लेन्डिङको नाम मात्र दिइएको हो। ब्रोकरमार्फत हुने मार्जिन लेन्डिङमा उनीहरुले उधारो दिए वापत निश्चित शुल्क लिन्छन्। ब्रोकरहरुले अहिलेकै क्षमतामा भने मार्जिन लेन्डिङ कर्जा दिन सक्दैनन्। उनीहरुसँग अहिले २० लाख रुपैयाँ मात्र चुक्तापूँजी छ। उनीहरुले यसका लागि पूँजीको आधार बढाउनु पर्छ।

ब्रोकरहरुलाई बैंकले पत्याए भने पनि यो सेवा दिन सक्छ। निश्चित रकमसम्मको बैंक ग्यारेन्टी उनीहरुले पाए भने मार्जिन लेन्डिङ गर्न सक्छन्। तर यो स्थायी समाधान भने होइन। ब्रोकरले पूँजी बढाएर मात्र पनि हुँदैन। यसका लागि धितोपत्र बोर्डले स्पष्ट निति बनाउनु पर्छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले पनि एउटा निश्चित रणनीति बनाउनु पर्छ । अहिले नियामक, ब्रोकर र लगानीकर्ताको मुखमा मार्जिन लेन्डिङ झुन्डिए पनि यसका लागि सिङ्को भाँच्ने कामसमेत भएको छैन ।

२८ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २८ बिहीवार ११:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...