back
NMB ad

हेला गरिएकै अन्नबालीको माग बढेपछि जुम्लामा यस्तो भयो !

Kumari bank ad

जुम्ला। अत्यन्तै हेलाका रुपमा हेरिने कर्णालीमा उत्पादित जौ बालीको माग पछिल्लो समयमा बढ्न थालेपछि यसको निर्यातमा वृद्धि हुन थालेको छ । यातायातले कर्णाली क्षेत्र नजोडिउन्जेल धान पछि बढी उत्पादन गरिने जौ बाली उपभोग पनि बढी नै गरिन्थ्यो । तर सडक खुलेसँगै यसको उत्पादनमा कमी आएको छ । यो बालीलाई हेलाका रुपमा हेरिने गरिएको थियो ।

बालीको महत्व र यसको गुण अवगुणका विषयमा सूक्ष्म जानकारी नभएकाले यसलाई हेला गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटा बताउँछन् । “जौ बालीमा कार्बोहाइडेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसबाटै लिटोपिठो, हर्लिक्स, बिस्कुटजस्ता चिज बनाइन्छ । स्वास्थ्यका लागि जौ निकै लाभदायक छ,” उनले भने ।

जौको विशेषता र यसले दिने पोषणका विषयमा अवगत नभएकाले र आयातित खाद्यान्नमा निर्भर हुन थालेपछि पछिल्ला वर्षमा यसको उत्पादनमा कमी आएको छ । आव २०६७/६८ मा चार हजार ४०० हेक्टर जमिनमा छ हजार ६०० मेट्रिक टन जौ उत्पादन भएको थियो । आव २०७२/७३ सम्म आइपुग्दा तीन हजार ८५० हेक्टरमा तीन हजार ४६५ मेट्रिक टन जौ उत्पादन भएको कार्यालयले जनाएको छ ।

कृषि प्राविधिक सहायक खेमराज शाही चालु आवमा अहिलेसम्ममा जुम्लाबाट २०० क्विन्टल जौ निर्यात भएको बताउँछन् । जौलाई कोदो, गहुँ र अन्य कृषिजन्य वस्तुसँग सहजै मिश्रण गरेर खान मिल्छ । जिल्लामा जौ प्रतिकिलो रु २८ मा खरिद गरी नेपालगन्ज–काठमाडौँसम्म पु¥याउँदा प्रतिकिलो रु ३६ देखि रु ३८ सम्ममा बिक्री हुन्छ ।

प्रकाशित मितिः २०७३ पुस २९

वि.सं.२०७३ पुस २९ शुक्रवार १३:४० मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...