back
NMB ad

पोल्ट्री व्यवसायमा आयकर छुट र टहरा बनाउन सहुलियत दिने प्रधानमन्त्रीको अर्काे घोषणा

Kumari bank ad

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताएका छन् । नेपाल पोल्ट्री महासङ्घको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत सुधारमा सरकारले अव विशेष ध्यान दिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री दाहालले सामान्य सुधारको ढङ्गबाट होइन, तत्काल परिणाम देखिने काम होस् भन्ने आफूले चाहेको बताउँदै भने, “पोल्ट्री व्यवसाय क्षेत्रका आय कर छुट र टहरा निर्माणलगायतमा सहुलियत दिने भनी घोषणा भएको विषयलाई कार्यान्वय गर्न सरकार गम्भीर छ ।”

नाकाबन्दी भूकम्पजस्ता अनेकौ समस्या झेलेर पनि देश र जनताका लागि पोल्ट्री व्यवसायका तर्फबाट भएको योगदानको प्रशंसा गर्दै उनले आत्मनिर्भर बन्नका लागि यो व्यवसायले गरेको प्रयासलाई अरु क्षेत्रले अनुसरण गर्नुपर्ने बताए ।

नेपाल पोल्ट्रि महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले व्यवसाय सञ्चालन गर्न राज्यबाट अनुदान सहयोग र अनुकूल नीति भएमा आम नागरिकलाई अझै सस्तो मूल्यमा मासु र अन्डा उपलब्ध गराउन सकिने बताए ।

रोगको पहिचान र निधान मुख्य चुनौतीको रुपमा रहेको पोल्ट्री व्यवसायीले दानाको रुपमा मकै, भटमास र पीना मात्रै पनि विदेशबाट वार्षिक रु १५ अर्बको आयात गर्नुपरेको सो अवसरमा जानकारी गराइयो ।

उत्पादनको क्षेत्रमा नेपालमा पोल्ट्री एक मात्र प्रतिस्पर्धी व्यवसायको रुपमा विकास हुँदै आत्मनिर्भर बन्न पुगेको हो । २०५६ सालबाट व्यवसायीले आधुनिक ढङ्गबाट यो व्यवसायलाई अघि बढाएकोमा हाल पोल्ट्री व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा ३ं५ प्रतिशत योगदान दिँदै आएको छ ।

भूकम्प र स्वायन फ्लुले ठूलो मारमा पारेको यो व्यवसायलाई सञ्चालनमा आवश्यक जग्गाको अभाव र निरुत्साहित गर्ने प्रवृत्तिले पनि अप्ठेरोमा पारेको व्यवसायीको गुनासो छ ।

पोल्ट्रि व्यवसायमा हाल एक लाख ५० हजार किसान संलग्न रहेका छन् भने वार्षिक कुखुराको मासु १० करोड ७९ लाख केजी उत्पादन हुने गरेका छन् ।

मुलुकमा हाल अन्डा मासिक २२ लाख उत्पादन हुँदै आएको छ । किसानले कुखुराको मासु प्रतिकिलो रु १८० को दरले बिक्री गर्र्दै आएका छन् भने उपभोक्ता मूल्य रु २५० रहेको छ ।

मुलुकमा रहेका पोल्ट्री व्यवसायमध्ये ६० प्रतिशत हिस्सा चितवनले मात्र ओगटेको छ । चितवनमा उत्पादन भएको कुखुरा र अन्डाको ८० प्रतिशत खपत राजधानीमा हुने गरेको अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिए । नेपालमा कुखुरा व्यसायीको सङ्ख्या १५ हजार ८०० को हाराहारीमा रहेको बताइएको छ । किसानले प्रतिअन्डा १२ रुपैयाँमा बेच्ने गरेका छन् भने उपभोक्ताले अहिले एउटा अन्डाको मूल्य रु १५ तिर्नुपरेको छ ।

प्रकाशित मितिः २०७३ पुस २९

वि.सं.२०७३ पुस २९ शुक्रवार १७:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...