back
NMB ad

७५० मेगावाटको पश्चिम सेती तत्काल अगाडि बढाउने तयारीमा चिनियाँ कम्पनी थ्री गर्जेज

Kumari bank ad

काठमाडौ। ऊर्जा मन्त्री जनार्दन शर्माले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न चिनियाँ थ्री गर्जेजका पदाधिकारीलाई आग्रह गरेका छन् । थ्री गर्जेजका प्रतिनिधिसँग कुराकानी गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजना लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको भन्दै निर्माण कार्य सुरु गर्न आग्रह गरेका हुन् ।

चिनियाँ थ्री गर्जेजसँग पाँच वर्ष पहिले नै लगानी एवम् निर्माणका सम्बन्धमा प्रारम्भिक समझदारी भए पनि काम अगाडि बढ्न सकेको थिएन । नेपाल भ्रमणमा रहेको कम्पनीका कार्यकारी उपाध्यक्षसहितको आठ सदस्यीय टोलीसँग मन्त्री शर्माले आयोजनाको विषयमा नेपाल सरकार, ऊर्जा मन्त्रालयका तर्फबाट गर्नुपर्ने सबै काम अगाडि बढाउन तयार रहेको भन्दै प्रक्रिया सुरु गरेर सकारात्मक सन्देश दिन ध्यानाकर्षण गराए ।

७५० मेगावाट क्षमताको सो आयोजना अस्ट्रेलियन कम्पनी स्मेकले छाडेपछि सरकारले चिनियाँ कम्पनीलाई दिएको थियो । थ्री गर्जेजका नेपाल प्रतिनिधि प्रविन श्रेष्ठले अध्ययन एवम् अनुसन्धानको कार्य जारी रहेका कारण केही समय लागेको भए पनि आयोजना सुरु गर्ने तयारीमा नै आफूहरु रहेको बताए । उनले लगानी बोर्ड, नेपाल विद्युत् प्राधिकरणसँग नियमित सम्वादमा आफूहरु रहेको र छिट्टै सकारात्मक परिणाम आउने दाबी गरे । प्रसारण लाइन, उत्पादित विद्युत् नेपाल भित्रै खपत गर्नुपर्ने, मुआब्जा, पुनःबास एवम् लगानीको ढाँचाका विषयमा प्रष्ट नभएको भन्दै प्रवद्र्धक थ्री गर्जेजले सो विषयमा प्रष्ट धारणा दिन सरकारसँग आग्रह गर्दै आएको छ ।

प्रकाशित मितिः २०७३ माघ १

वि.सं.२०७३ माघ १ शनिवार १३:५१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...