चार सय प्रतिशत हकप्रद सेयरको विशेष प्रस्ताव गर्ने बैंकबारे जानीराख्नोस् !

ग्रीन डेभलपमेन्ट बैंकको चौथो वार्षिक साधारणसभा आगामी माघ २८ गते बस्ने भन्ने निर्णय भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ९४ औँ बैठकले सो निर्णय गरेको हो ।

साधारणसभामा बैंकले आफ्ना सेयरधनीलाई चार सय प्रतिशत अर्थात एक बराबर चारको अनुपातमा हकप्रद सेयर दिने विशेष प्रस्ताव लग्दैछ । साधारणसभा तथा हकप्रद प्रयोजनका लागि बैंकले माघ १२ गतेदेखि २८ गतेसम्म सेयरधनीले पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ ।

केही समय अघि साधारण सेयर निष्काशन गरेर १० करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले सो चुक्तापुँजीको चार सय प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७३ माघ २

२०७३ माघ २ गते १९:५१ मा प्रकाशित

You can share this post!

फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाः कारण के हो ?

केही गर्ने सोचमा हुनुहुन्छ ? बिजनेस प्लान बनाउनुहोस्, पैसा सरकारले दिन्छ

Related posts