वैदेशिक रोजगारी घट्दो : देशको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्समा सिधा असर

काठमाण्डौं । चालु आर्थिक बर्ष २०७३,०७४ मा रोजगारीका लागि बिदेश जाने नपालीको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा बितेको पाँच महिना मध्ये चार महिनाको तथ्यांकमा बैदेशिक रोजगारीमा जानेहरुको संख्या घटेको छ भने कात्तिकमा मात्र अघिल्लो बर्षको तुलनामा बढेको छ ।

बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बिगत तीन बर्षको तुलनामा लगातार घट्दै आएको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष २०७१,०७२ मा बिदेश जानेको संख्या पाँच लाख १२ हजार थियो भने आर्थिक बर्ष २०७२,०७३ मा त्यो १८.४ प्रतिशतले घट्न गई चार लाख १८ हजार हाराहारीमा सिमित भयो । यस बर्षको पाँच महिनाको अवधिमा ८.९ प्रतिशतले घटेको छ ।

बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेसँगै उनीहरुबाट प्राप्त हुने बिप्रेषण आप्रबाह ( रेमिट्यान्स) को बृद्धि दर पनि घटेको राष्ट्र बैंकको भनाई छ । अघिल्लो आर्थिक बर्षमा रेमट्यिान्स बृद्धि दर १९.४ प्रतिशत रहेकोमा यस बर्षको पाँच महिना अबधिमा जम्मा ६ प्रतिशत मात्र छ । यस बर्षको पाँच महिना अवधिमा दुई खर्ब ८७ अर्ब ६६ करोड रेमिट्यान्स प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्स आप्रबाह घट्दा अर्थतन्त्रमा अल्पकालीन असर पर्ने आँकलन गरिएको छ । बिदेश जानेहरु घटेर स्वदेशमै रोजगारीमा संलग्न हुनुलाई भने सकारात्मक रुपमै लिनुपर्छ ।

४ माघ २०७३, ११।००

२०७३ माघ ४ गते १०:५७ मा प्रकाशित

You can share this post!

घर बनाउन या त घर, अपार्टमेण्ट तथा जग्गा खरीद गर्न १ करोडसम्म घर कर्जा पाइने

माघ ९ देखि आस्वा : २१ बाणिज्य बैंक र ९ विकास बैंकले पाए अनुमति

Related posts