back
NMB ad

आस्वाबारे स्पष्ट हुनुहोस् नत्र पाँच लाख ४० हजार कित्ता आइपिओ छुट्ला

Kumari bank ad

काठमाण्डौं । माघ ९ गते फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ५ लाख ९ हजार कित्ता आइपिओ सर्वसाधारणका लागि जारी गर्दैछ । कम्पनीको सेयरमा आस्वा अनुसार आवेदन दिन मिल्ने भएपछि लामो लाइन बस्नु नपर्ने भएको छ ।

लाइनमा नबस्नका लागि तपाईसँग  २१ बाणिज्य बैकसहित ३० वटा वित्तीय संस्थाहरुमध्ये कुनैमा खाता हुन आवश्यक छ। आफ्नो खाता भएको संस्थामा गएर तपाईले सेयर भर्नु पर्यो भनेपछि बैकका कर्मचारीले एउटा फारम दिन्छन्।

तपाईले चाहेको बराबरको सेयर किन्न लाग्नेजति पैसा खातामा भने हुनु पर्छ। तपाईले फारममा आवश्यक विवरण भरेपछि त्यहीँका कर्मचारीलाई बुझाउनु पर्छ। यस वापत बैंकले तपाईसँग १०० रुपैयाँ सेवा शुल्क लिन्छ।

नेपाल धितोपत्र बोर्डले सर्वसाधारणलाई लाइन नबसी सेयर भर्ने सुविधा दिन गरेको यो व्यवस्थालाई आस्वा भनिन्छ। आस्वाअनुसार सेयर भर्दा तपाईले चेक पनि काट्नु पर्दैन। फोटो पनि टाँस्नु पर्दैन। फारम भर्दा नागरिकता नम्बर उल्लेख गर्नु पर्ने भएकाले बोकेर जाँदा राम्रो हुन्छ। तर फोटोकपी भने बुझाउनु पर्दैन।

धितोपत्र बोर्डले यो ब्यवस्था माघ १ गतेबाट खुल्ने सेयरका लागि गरेको हो। यो व्यवस्था लागू भएपछि पहिलो सेयर जारी गर्ने कम्पनी फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स हो।

कम्पनीले ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। ६ लाख कित्तामध्ये ३० हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ भने ३० हजार हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको पाँच लाख ४० हजार कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउँछन्।

सर्वसाधारणले कम्तिमा ५० कित्ता र बढिमा ३ हजार कित्तासम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। सेयर माघ १२ गतेसम्म भर्न सकिन्छ। तर, आफ्नो खाता भएको बैकमा होइन लाइन बसेरै सेयर भर्छु भन्नेहरुलाई केही समयका लागि बोर्डले छुट दिएको छ।

४ माघ २०७३, सेतोपाटी, १।००

वि.सं.२०७३ माघ ४ मंगलवार १४:१९ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...