back
NMB ad

खुसीको खबर ! १११ मेगावाट क्षमताको बिद्युत् आयोजना काममा तिव्रता, कहिलेसम्ममा बनिसक्ला त ?

Kumari bank ad

रसुवा। उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ ।

आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो । समग्रमा ३० प्रतिशत काम भइसकेको छ । भूकम्पका कारण बाहिरी सतहको ड्यामसाइट क्षेत्रमा ठूलै क्षति व्यहोर्नु परेको थियो । खोला फर्काउने ठाउँबाहेक सबै भूमिगत संरचनाको आयोजना भएका कारण निर्माण भएका सुरुङका भाग सबै सुरक्षित रहेको बताइएको छ ।

देशको ऊर्जा सङ्कट छिटो समाधान गर्ने कार्यमा मद्दत पु¥याउन चिनियाँ ठेकेदार कम्पनी आयोजनाका प्राविधिक तीनसय २० जना मजदुर अहिले अहोरात्र सुरुङ खन्ने कार्यमा तल्लीन रहेको प्राविधिक गुरुङले बताएका छन् । गत वर्षको भूकम्प, भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव तथा वृद्धिम गाविस क्षेत्रमा गएको पहिरोका कारण सडकको असहजताजस्ता विविध कारणले आयोजनाको निर्माण अवधि केही समय बढ्न सक्ने प्राविधिकको भनाइ छ ।

यस्तै, रसुवागढी नाका सञ्चालनमा आएपश्चात् ट्राफिक समस्या जलविद्युत् आयोजनालाई अर्को थपिएको छ । अहिलेको मुख्य समस्या भनेको रसुवागढीदेखि तातोपानी इलाका क्षेत्रको हो । करिब चार किमी सडक क्षेत्रमा आयोजनाको सामान ओहरदोहर गराई रहनुपर्ने भएका कारण ट्रक कन्टेनरलाई सिधा केरुङ पठाउने र सडकमा पार्किङ गराउने कार्यको अन्त्य गर्न वेत्रावतीबाट सिधै केरुङ पठाउने वातावरणका लागि नेपाल प्रहरीले सामान लिन जाने सवारीसाधनमा टोकन प्रणाली लागू गरिसकेको बताइएको छ ।

सन् २०१४ बाट निर्माण गर्न सुरु भएको रसुवागढी एकसय ११ मेगावाट जलविद्युत् आयोजनाको लागत भने १३ अर्ब रहेको साइट इन्चार्ज ज्ञवालीले जानकारी दिए । निर्माण कार्य गरुन्जेल सम्मका लागि मात्र हामीलाई अलि फराकिलो ठाउँ चाहिएको बताउँदै ज्ञवालीले आयोजनाको सबै काम सकिए पछि सबै भूमिगत र सुरक्षित रहने बताए । रासस

प्रकाशित मितिः २०७३ माघ ६

वि.सं.२०७३ माघ ६ बिहीवार १५:१० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...