दुई अभिनेत्री निर्देशकको भूमिकामा देखिंदै

काठमाडौ । नेपाली फिल्म बजारमा चर्चित दुई अभिनेत्रीहरु पनि अब फिल्न निर्देशनको भूमिकामा देखिने भउका छन् । आफूभन्दा जुनियर अभिनेत्री फिल्म निर्देशनमा हाम्फालेको देखेपछि दुई पाका अभिनेत्री गौरी मल्ल र करिष्मा मानन्धर निर्देशनमा उत्रन लागेका हुन् ।

हाल दुवै जना फिल्मको स्क्रिृप्ट तयार गर्र्न व्यस्स्त छन् । गौरी र करिष्माले प्रकाश थापाको ‘सन्तान’बाट एकैपटक रजतपटको यात्रा थालेका थिए ।

‘बाबुसाहेब’ पछि ‘फागु’ निर्माण गरेकी करिष्माको फिल्मले बजारमा खासै चमत्कार गर्न सकेको थिएन । उता विदेशबाट फर्केर आएपछि गौरी पनि चरित्र अभिनेत्रीमा सक्रिय हुँदै आएकी थिइन् । गौरीको फिल्मको पटकथा लगभग तयार भइसकेको छ ।

उता करिष्माले निर्देशन गर्ने फिल्मको डिटेल बाहिर नआइसकेको भए पनि उनले छोरी कवितालाई लिएर फिल्म बनाउन चाहेको बताइएको छ । कविता हाल अध्ययनको सिलसिलामा अमेरिकामा छिन् ।

प्रकाशित मितिः २०७३ माघ ६

२०७३ माघ ६ गते १६:२१ मा प्रकाशित

You can share this post!

म्यानचेस्टर युनाइटेड विश्वमा सबैभन्दा बढी कमाइ गर्ने क्लब, हेर्नुस् कुन क्लबको कमाई कति ?

थप २ को सपथसहित ४३ सदस्यीय जम्बो मन्त्रिपरिषदको नेतृत्व गर्दै प्रचण्ड !

Related posts