काठमाण्डौं । सरकारले चुरोट र खैनी बिक्री सम्बन्धि नियमलाई अझ कडा बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने छ र यस्तो पसल छुट्टै सञ्चालन गर्नुपर्ने छ।
यो नियम आउने चैत १ बाट कार्यान्वयन हुने र यो नियम लागू भएपछि अन्य सामान बेच्ने पसलहरूले चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ बेच्न पाउने छैनन्। चुरोटका साथै अन्य सुर्तीजन्य पदार्थ बेच्न सरकारको स्वीकृति लिनुपर्छ र छुट्टै बिक्रीकक्ष बनाउनु पर्छ । अन्य सामग्री बिक्री गर्ने ठाउँबाट बेच्न पाइँदैन।
७ माघ २०७३, ११।००
वि.सं.२०७३ माघ ७ शुक्रवार ११:०३ मा प्रकाशित