back
NMB ad

माघ १७बाट भर्न मिल्ने गरी हाइड्रोको १० करोड रुपैयाँ बराबरको सेयर आउँदै

Kumari bank ad

काठमाण्डौं । हिमालयन हाइड्रोपावरले प्रभावित क्षेत्रका स्थानीयको लागि १० लाख ६५ हजार ४ सय १७ कित्ता अर्थात् १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको छ । कम्पनीले माघ १७ गतेदेखि चाँडोमा फागुन २ गते र ढिलोमा फागुन १७ गतेसम्म सेयर बिक्री खुला गर्ने भएको छ ।

लमजुङ जिल्लाको चिती ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ, अर्चलबोट गाविसका बासिन्दाको लागि निष्कासित सेयर मध्ये ५ लाख ३२ हजार ७ सय ८ कित्ता छुट्याइएको छ ।

त्यस्तै, जिल्लाका अन्य बाँकी सबै क्षेत्रका बासिन्दालाई ५ लाख ३२ हजार ७ सय ९ कित्ता छुट्याइएको छ । कम्पनीको कार्यालय, ग्लोबल आइएमइ बैंक लिमिटेडको बेसीसहर शाखा, प्यासिफिक डेभलपमेन्ट बैंकको भोटेबडार शाखा र कैलाश बिकास बैंकको बेसीशहर शाखाबाट सेयर फारम पाइने छ ।

दोस्रो चरणमा भने कम्पनीले सर्वसाधारण र कर्मचारीको लागि २१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ ।

लमजुङमा २७ मेगावाट क्षमताको दोर्दी हाइड्रोपावर निर्माण गर्ने तयारीमा रहेको हिमाल पावरले सेयर निष्कासनबाट संकलित रकम यसमा लगानी गर्ने उदेश्य लिएको छ । कुल ४ अर्ब २३ करोड लागत रहने यो आयोजना ७५ प्रतिशत कर्जा लगानी र २५ प्रतिशत सेयर पुँजीबाट निर्माण गरिने भएको हो । यो आयोजनाको अनुमती २१०३ साउनसम्म रहने छ । आयोजना निर्माण २०७१ पुसदेखि २०७५ जेठ मसान्तसम्म रहेको छ ।

७ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ७ शुक्रवार ११:०८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...