back
NMB ad

मेगा र टुरिजम बैंक मर्ज हुँदै, स्वाप रेशियो १०० बराबर ९५ हुने

Kumari bank ad

काठमाण्डौं । मेगा बैंक र टुरिजम डेभलपमेण्ट बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि एकआपसमा मर्जमा जाने निर्णय गरेका छन् । दुई बैंक बीच हिजो बिहीबार औपचारिक रुपमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।

बैंकहरुले मर्जर सम्झौतासँगै सेयर आदान प्रदान अनुपात अर्थात स्वाप रेशियो पनि टुङ्ग्याएका छन् । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर सम्झौता भएको हो । बैंक स्रोतले मेगाको एक सय बराबर टुरिजमको ९५ प्रतिशत सेयर आदान प्रदानको सहमति भएको भन्दै सेयर कारोबार रोक्का गर्नका लागि नेप्सेलाई पत्राचार गरिएको पनि जानकारी दिएका छन् ।

पश्चिामाञ्चल फाइनान्सलाई आफुमा गाभेर २५ प्रतिशत हकप्रद तथा १३ दशमलव २५ प्रतिशत बोनस बितरण गरेको मेगाले फेरि ६५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो । उता मातृभूमि विकास बैंक तथा कालिञ्चोक डेभलपमेण्ट बैंकलाई एक्वायर गरेको टुरिजमले मर्जर पछि १८ दशमलव छ प्रतिशत बोनस पछि शतप्रतिशत हकप्रद जारी गरेर मात्र मर्जरको प्रक्रियालाई अघि बढाउने छ ।

७ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ७ शुक्रवार ११:५६ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...