राजनीतिक गतिरोधको गाँठो फुक्नसक्छः सचिव ज्ञवाली

म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । प्रेस चौतारी, म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई थाँती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताए ।

“सरकारले संशोधन विधेयकलाई यथास्थितिमा राखेर निर्वाचनसम्बन्धी विधेयक अघि बढाए राजनीतिक समझदारी कायम भई संविधान कार्यान्वयनको वातावरण बन्छ” सचिव ज्ञवालीले भने ।

संविधान कार्यान्वयनका लागि आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्ने वातावरण बनाउन सबैले जितेको अनुभूति हुने गरी समझदारी कायम गराउन पहल भइरहेको सचिव ज्ञवालीले बताए ।

सचिव ज्ञवालीले भने,“सरकारले स्थानीय तह, प्रदेश र राष्ट्रियसभाको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ ।”

प्रकाशित मितिः २०७३ माघ ८

२०७३ माघ ८ गते १२:३९ मा प्रकाशित

You can share this post!

हिम पहिरोमा पुरिएका ११ जनाको ३ दिनपछि जीवितै उद्धार !

सेयरधनीलाई १२ प्रतिशत बोनस सहित ६० प्रतिशत हकप्रद पनि

Related posts